January 21, 2017

रिजेन्टको ढाका-काठमाडौं उडान आजदेखि, दुर्इतर्फी भाडा १९ हजार

काठमाडौं,पुस ६ – बंगलादेशको एयरलाइन्स रिजेन्ट एयरवेजले आजदेखि बंगलादेशको राजधानी ढाकादेखि काठमाडौंसम्मको उडान सुरु गरेको छ । बोइङ ७३७/७०० एयर क्राफ्टमार्फत नेपालमा रिजेन्टले सेवा थाल्न लागेको हो ।

नेपालमा सोमबार, बुधवार र शनिबार नेपालमा उडान भर्नेछ। ढाकाबाट तीन बजे उडान भर्ने रिजेन्ट नेपालमा सवा चार बजे अवतरण गर्ने कम्पनीले जनाएको छ। यो बिमान सोही दिन पुन ढाका फर्कनेछ। सोही दिन सवा ५ बजे काठमाडौंबाट उडान भरेको बिमान ६ बजेर ४५ मिनेटमा आइपुग्ने कम्पनीले जनाएको छ ।

काठमाडौं-ढाका एकतर्फी उडानका लागि १० हजार २ सय १ रुपैयाँ र दुर्इतर्फी उडानकालागि १८ हजार ९ सय हवार्इ भाडा तोकेको छ। रिजेन्टको नेपाल पाँचौ अन्तर्राष्ट्रिय उडान हो। अहिले यो एयरवेजले ओमन, सिंगापुर, मलेसिया थाइल्याण्ड र भारतमा उडान भर्दै आएको छ ।

रिजेन्टले सन् २०१७ मा दोहा,कतार र चीनको ग्वान्जाउ उडान गर्दैछ। यो एयरलाइन्सले नेपालबाट ढाकामा ट्रान्जिट गरेर मलेसिया, सिंगापुर र ओमानसम्म उडान गर्ने योजना बनाएको छ।