January 21, 2017

एनटिसीको प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा !

काठमाडौं,पुस २५ – निजी क्षेत्रको एनसेलले ल्याएको सुविधालाई टक्कर दिदै नेपाल टेलिकमले पनि आफ्ना ग्राहकको लागि ‘क्रेडिट ब्यालेन्स’को सुविधा ल्याउने भएको छ । ग्राहकलार्इ ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको हो ।

पोखरा उपमहानगरपालिका-१८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले यो जानकारी दिएकी हुन्।

प्रिपेड मोवाइलका ग्राहकले मात्र यो सुविधा उपयोग गर्न पाउने छन् । टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ। एनसेलले भने यो सुविधा ल्याइसकेको छ। यो सेवामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ।

ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ । साथै कलर रिङव्याक टोन (सिआरविटी) सेवालाई पनि सुचारु गर्ने टेलिकमले तयारी थालेको छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*