फास्ट ट्रयाकको अपूरो डिपिआरको मूल्य ६१ करोड

फास्ट ट्रयाकको अपूरो डिपिआरको मूल्य ६१ करोड
काठमाडौं,मंसिर ८ – सरकारले खरिद गर्ने काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माण कार्य भारतीय कम्पनीकै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का आधारमा समयमा नसकिने भएको छ । डिपिआर अपूरो भएकाले त्यसैको आधारमा निर्माण गर्न कठिन छ । डिपिआर अध्ययन गर्न सेनाले बनाएको उच्चस्तरीय अध्ययन समितिका सदस्य तथा पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाले पुरानै डिपिआरका आधारमा फास्ट ट्रयाक बन्न नसक्ने बताए ।आज...

नेप्सेमा दोहोरो अंकको सुधार

नेप्सेमा दोहोरो अंकको सुधार
काठमाडौं, मंसिर ७-साताको अन्तिम दिन विहीबारको कारोबारमा सेयरबजार परिसूचक सँगै कारोबार रकममा समेत उच्च बढोत्तरी आएको छ । व्यापार बाहेक सबै समूहका सूचक सकारात्मक रहेपछि बजार १३ अंकले उकालो लागेको छ भने ६८ करोड बढीको सेयर किनबेच भएको छ । बिहीबार नेप्से १३.०३ अंकले बढेर १४९३.०९ अंकमा पुगेको छ। यसदिन १६५ कम्पनीका १३ लाख ९१ हजार कित्ता शेयर ६८ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । कारोबार ...

चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
दार्चुला, मंसिर ७-दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह भएको आयोजनाले जनाएको छ । सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना झण्डै १० वर्षपछि आजदेखि प्रसारण शुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो । प्रसारण लाइनमा प...

क्षेत्रीय आर्थिक सहयोग एवं एकीकरण सम्मेलन शुरु

क्षेत्रीय आर्थिक सहयोग एवं एकीकरण सम्मेलन शुरु
काठमाडौं, मंसिर ७-दोस्रो एशिया–प्रशान्त क्षेत्रीय आर्थिक सहयोग तथा एकीकरण सम्मेलन आजदेखि थाइल्याण्डको राजधानी बैंककमा शुरु भयो । संयुक्त राष्ट्रसंघीय एशिया–प्रशान्त आर्थिक सामाजिक आयोग (युएनइस्क्याप) र एशियाली विकास बैंकको आयोजनामा भएको दुईदिने मन्त्रीस्तरीय उक्त सम्मेलनको अध्यक्षता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले गर्नुभएको छ । बैंककस्थित नेपाली दूतावासका अनुसार सम्मेल...

बुढानिलकण्ठ रुटमा आजदेखि टाटाको उत्कृष्ट बसहरुको सेवा सुरु

बुढानिलकण्ठ रुटमा आजदेखि टाटाको उत्कृष्ट बसहरुको सेवा सुरु
काठमाडौं, मंसिर ७ टाटाका अतुलनीय बसहरु मध्यको उत्कृष्ट साथै अत्याधुनिक सुविधा सम्पन्न (डिकेजीजी एल पी सेभन वान टु थर्टी टु) सिटीबस बिहिबार देखि बुढानिलकण्ठ यातायात प्रा.लि. मार्फत बुढानिलकण्ठ जमल रत्नपार्क हुदै बुढानिलकण्ठ रुटमा सञ्चालन सुरु गरेको छ । नेपाली अटो बजारमा ७८ प्रतिशत बजार हिस्सा ओगट्न सफल टाटाका विश्वसनीयताका साथै ग्राहकहरुलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्ने टाटा (एलपी सेभन वान...

पूर्वी मोरङका नागरिकलाई विद्युत महशुल तिर्न प्राधिकरण जानु नपर्ने

पूर्वी मोरङका नागरिकलाई विद्युत महशुल तिर्न प्राधिकरण जानु नपर्ने
मोरङ, मंसिर ७-पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ । उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवका अनुसार बैंकमा गएर वा बैंकको अनलाइन प्रविधिमार्फत विद्युत् महशुल बुझाउन सकिने भएको हो । अ...

अरूका नाममा सेयर भर्ने बढे

अरूका नाममा सेयर भर्ने बढे
काठमाडौं,मंसिर ७-केही वर्षअघिसम्म निकै प्रचलनमा रहेको अरूको नामबाट (डमी/प्रोक्सी) सेयरमा लगानी गर्ने क्रम फेरि बढ्न थालेको छ । कम्तीमा १० कित्ता सेयर सबैलाई पर्ने वितरण प्रणाली धितोपत्र बोर्डले लागू गरेपछि यस्तो प्रवृत्ति झनै बढेको हो । सेयरमा लगानी गर्न बैक तथा निक्षेप खाता खोल्ने क्रम बढयो निष्क्रिय खाताहरूलाई सक्रिय बनाइयो पछिल्लो समय सेयर निक्षेप खाता (डिम्याट एकाउन्ट) र बैंक खाताको संख...

टाटा मोटर्सद्धारा हेक्जाको बिक्री सुरु ,टाटाले ११ जनाग्राहकलाई दियो गाडी

टाटा मोटर्सद्धारा  हेक्जाको बिक्री सुरु ,टाटाले ११ जनाग्राहकलाई दियो गाडी
काठमाडौ, मंसिर ६-टाटा मोटर्सले आफ्नो ज्यादै प्रतिष्ठित जीवनोपयोगी एसयूभी टाटा हेक्जा नेपालीबजारमा भित्राएको छ । नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका सिईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले बुधबार पहिलो समूहको एघार जना ग्राहकहरुलाई विशेष समारोहमा गाडीको साँचो प्रदान ग¥यो । नेपाल भरि उपलब्ध गराईने हेक्साको एक्स टी ४(४ काविभिन्नमोडलहरुको मूल्य ७७.९५ लाख पर्नेछ । हेक्साको बिक्...

किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा

किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा
काठमाडौं, मंसिर ६-किसान माइक्रोफाइनले हकप्रदमा बिक्री नभएको सेयर लिलाम गर्ने भएको छ । माइक्रोफाइनान्सले सर्बसाधारण समूहको १ हजार ३५१ कित्ता सेयर लिलामीमा राख्न लागेको हो । यही मंसिर १३ गतेदेखि १९ गतेसम्म माइक्रोफाइनान्सको सेयर लिलाममा राखिने माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सकिने क...

युएई- अर्को नेपाल पुगेको अनुभव

युएई- अर्को नेपाल पुगेको अनुभव
काठमाडौं, मंसिर ६-राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना विदेश भ्रमणकालमा त्यहाँ बसोबास गर्ने नेपालीसँग भेट गर्दा उनीहरू ‘‘आफ्नै लगानी तथा खर्चमा नेपालका लागि सद्भावना तथा मानार्थ दूत भएको’’ बताउँदै उनीहरूको ‘‘काम, कर्तव्य र व्यवहारले दुई मुलुकबीचको सम्बन्धलाई अझै बलियो बनाउनसक्ने’’ बताउनुहुन्छ । उहाँ ती नेपालीले विदेशी भूमिमा सिकेका सीप तथा पूँजी नेपालमै उपयोग गरी अझै बढी योगदान दिन सकिनेमा पनि...