परीक्षाफल प्रकाशित

परीक्षाफल प्रकाशित
काठमाडौं,असोज २ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एमएड प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ । बल्खुले दिएको जानकारी अनुसार गत बैशाखमा परीक्षा भएको थियो । जसमा १८ दशमलव १५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षाफल यहाँ हेर्न सकिन्छ ।

२५ प्रतिशत शुल्कमा जेहेन्दार विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ति

२५ प्रतिशत शुल्कमा जेहेन्दार विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ति
काठमाडौं,भदौ २५ – अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले जेहेन्दार नेपाली विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। उक्त विश्वविद्यालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी १५ देखि २५ प्रतिशतसम्म शैक्षिक शुल्कमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिइने जनाएको छ । विश्वविद्यालयका प्रा पल माथरले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि नेपाली विद्यार्थी विश्वका विभिन्...

उच्च स्तरीय शिक्षा आयोग गठन (सूचीसहित)

उच्च स्तरीय शिक्षा आयोग गठन (सूचीसहित)
काठमाडौं, भदौ २४- सरकारले शिक्षा क्षेत्रको सुधारको लागि शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्च स्तरीय शिक्षा आयोग गठन गरेको छ । आयोगले शिक्षा क्षेत्रमा विद्यमान रहेका समस्याहरु पहिचान गरी ती समस्या समाधानका लागि तत्कल गनुपर्ने कामहरु सिफारिस गर्ने र संघिय संरचनामा शिक्षा क्षेत्रमा तत्काल गर्नुपर्ने एवं दीर्घकालीन सुधारको मार्गचित्र तयार गरी शिक्षा मन्त्रालय समक्ष प्रतिवेदन पेश गर...

बिबिएस चौथो वर्षको परीक्षाफल सार्वजनिक

बिबिएस चौथो वर्षको  परीक्षाफल सार्वजनिक
काठमाडौं,भदौं २१-  त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चार वर्षे बिबिएस चौथो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।  चैत–बैशाख महिनामा सञ्चालित गरिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षामा ४६.९७ प्रतिशत परिक्षार्थी उर्तिर्ण भएका छन् ।  उक्त परीक्षाको परीक्षाफल  www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www....

शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने

शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने
नवलपरासी, भदौ १८ - यहाँस्थित एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ । कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैँले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय विद्यालयको अभिभावक भेलाले गरेको हो । आगामी वर्षदेखि लागू हुनेग...

बाढीपहिरोबाट विद्यालयका १९ बालबालिकाको मृत्यु

बाढीपहिरोबाट विद्यालयका १९ बालबालिकाको मृत्यु
काठमाडौं,भदौं १७ – मुलुकका विभिन्न जिल्लामा आएको बाढीपहिराका कारण विद्यालयका १९ बालबालिकाको मृत्यु भएको छ । पहाडी जिल्लामा आएको पहिरो तथा तराई जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले जानकारी दिए । त्यस्तै ती जिल्लाका करिब ५०० विद्यालयक...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हुेर्नुहोस नतिजा

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हुेर्नुहोस नतिजा
काठमाडौं,भदौं १५ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गएको साउन २० गते विज्ञान संकायको परीक्षाफल सार्वजनिक गरेको बोर्डले बाँकी संकायको बिहीबार नजिता सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४२.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ भने ३५.७४ प्रतिशत उर्तिण भएका छन् । गएको वैशाख १० गते भएको कक्षा १२ को परीक्षामा...

आइतवार सार्वजनिक विदा भएपनि परीक्षा नसर्ने

आइतवार सार्वजनिक विदा भएपनि परीक्षा नसर्ने
काठमाडौं,भदौं १५ –त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आइतवार सार्वजनिक विदा भएपनि त्यस दिन परेकोे परीक्षा नसर्ने बताएको छ । गोरखापत्रमा सूचना जारी गर्दै एलएलवी दोस्रोवर्षको र वी एल दोस्रो वर्षको मौका समेतको भदौं १७ गतेको परीक्षा विशेष कारणवश ३१ गतेको लागि सारिएको जनाएको छ । तर १८ गतेको परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नै सञ्चालन हुने जनाएको छ । परीक्षा नियन्त्रण कार्य...

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै
काठमाडौं,भदौं १५ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको नतिजा आज सार्वजनिक हुने भएको छ । स्रोतको अनुसार विज्ञान संकाय, प्राविधिक र सस्कृतको नतिजा प्रकाशित गरिसकेको बोर्डले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।  नतिजा प्रकाशित नहुँदा स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परीक्षा दिन पाएका छैनन् ।

कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने तयारी

कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने तयारी
काठमाडौं,भदौं १४ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको नतिजा शुक्रबारसम्म प्रकाशित गर्ने तयारी गरेको छ । विज्ञान संकाय, प्राविधिक र सस्कृतको नतिजा प्रकाशित गरिसकेको बोर्डले प्रविधिक समस्या नभए शुक्रवार नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । बोर्डकी सह–परीक्षा नियन्त्रक जयन्ती सत्यालले दिएको जानकारी अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र “प्राविधिक समस्या ...