टर्कीमा आठ हजार भन्दा बढी एकैपटक सैनिक बर्खास्त

टर्कीमा आठ हजार भन्दा बढी एकैपटक सैनिक बर्खास्त
अङ्कारा, मंसिर ७-टर्कीमा सन् २०१६ मा भएको असफल सैन्य ‘कू’ पछि हालसम्म आठ हजार ५७० सैनिकलाई सेवाबाट बर्खास्त गरिएको छ । टर्कीको रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ राजधानी अंकाराबाट प्राप्त समाचारमा जनाइएको छ । यसरी सरकारी सेवाबाट बर्खास्त गरिएका सैनिकहरु टर्कीको राष्ट्रिय सेनाको विभिन्न भूमिकामा रहेर कार्यरत काम गरिरहेका थिए । टर्कीमा सन् २०१५ को जुलाई १५ मा भएको एक असफल सैनिक...

‘अपार्टमेन्ट’ मा आगलागी हुँदा नौको मृत्यु

‘अपार्टमेन्ट’ मा आगलागी हुँदा नौको मृत्यु
ताइपेई, मंसिर ७-उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार भएको आगलागीमा परी कम्तीमा पनि नौजनाको ज्यान गएको समाचार छ । यस आगलागीमा परी नौजना व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुईजना सामान्यरुपमा घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएको छ । नौतले उक्त आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ । यसको कारणबारेमा प्रहरीले खोजी शुरु गरेको बताइएको छ । ताइपेई शहरको ...

मुगाबे जिम्बाबेका नायक या खलनायक ?

मुगाबे जिम्बाबेका नायक या खलनायक ?
काठमाडौं,मंसिर ७-मुगाबेराजमा जिम्बाबेमा शिक्षाको खुब प्रसार भयो । यस अवधिमा देशको साक्षरता दर ८९ प्रतिशत पुग्यो, जुन कुनै पनि अफ्रिकी देशको भन्दा बढी हो । जिम्बाबेको संसद्का सभामुखले राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । अचानक आएको राजीनामापछि उनीविरुद्ध सुरु गरिएको महाभियोगको कारबाही स्थगित गरिएको छ । मुगाबेको निर्णयपछि देशभरका लाखौँ जनता सडकमा आएका छन् । मुगाब...

जिम्बावेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

जिम्बावेका राष्ट्रपति मुगाबेले दिए राजीनामा
एजेन्सी , मंसिर ६-जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन् । ३७ वर्षसम्म जिम्बाबेमा एकछत्र शासन गरेका मुगाबेले मंगलबार राजीनामा दिएका हुन् । राजीनामा दिएको बारे राष्ट्रपति मुगाबेले जारी गरको पत्रमा आफूले स्वेच्छाले जिम्बावेको राष्ट्र प्रमुखको पदबाट राजीनामा दिएको उल्लेख गरिएको बिबिसीले जनाएको छ ।महाभियोगबारे संसद्को गतिविधि चलिरहेकै वेला राजीनामा दिएको पत्र मुगाबेले संसद...

नाइजेरियाको मस्जिदमा भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ५० पुग्यो

नाइजेरियाको मस्जिदमा भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ५० पुग्यो
नाइजेरिया- उत्तरपूर्वी नाइजेरियाली सहर मुवीमा रहेको एक मस्जिदमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यहाँको प्रहरीले जनाएको छ। एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताए। 'मंगलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिन...

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै

उत्तर कोरियाली विदेशमन्त्री क्युबा जादै
हवाना, मंसिर ४-उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जान लाग्नुभएको समाचार छ । उहाँ सोमबार अपरान्ह क्युबा पुग्नुहुने जनाइएको छ । उत्तर कोरिया र क्युबाको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गर्न उहाँ क्युबा जान लागेको बताइएको छ । क्युबाको विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । उहाँ सोमबा...

दुई दशकमा कति परिवर्तन आयो पृथ्वीमा ? नासाले गर्‍यो सार्वजनिक

दुई दशकमा कति परिवर्तन आयो पृथ्वीमा ? नासाले गर्‍यो सार्वजनिक
वासिङ्टन – अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले पृथ्वीमा भएको परिवर्तनको तस्बिर सार्वजनिक गरेको छ। २० वर्षमा पछि नासाले परिवर्तन भएको भन्दैे सार्वजनिक गरेको तस्विरमा महाद्वीप र महासागरको बेसिन (पानीले ढाकेको समुद्रको तल्लो भाग) देखाईएको छ । विभिन्न टेक्नोलोजीको सहयोगले अन्तरिक्षबाट खिचिएको तस्बिरबाट वैज्ञानिकलाई विश्वमा रहेको बालीनाली, वन र मत्स्यपालनको निगरानी गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएक...

विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण
नयाँ दिल्ली- भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ। तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो। चरा ठोक्किएपछि विमानलाई पुनः फर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो। सो चेन्नई दोहा इन्डिगो फ्लाइट बिहीबार बिहानी पख सवा २ बजे उडेका थियो...

साउदी स्क्यान्डल : शक्ति सुदृढीकरण कि भ्रष्टाचारविरुद्ध कारबाही ?

साउदी स्क्यान्डल : शक्ति सुदृढीकरण कि भ्रष्टाचारविरुद्ध कारबाही ?
काठमाडौं, कार्तिक ३०-साउदी अरेबियाको दरबारमा यो साता अप्रत्यासित घटना भएको छ । भ्रष्टाचार आरोपमा एक दर्जन राजकुमार, मन्त्री र उच्च तहका व्यापारी पक्राउ परेका छन् । उनीहरू सबैलाई राजधानीको एउटा सुविधासम्पन्न होटेलको हलमा कोचिएको छ । आरोपितको सम्पत्ति जफत गरिएको छ, विमानलाई नियन्त्रणमा राखिएको छ र टेलिफोन सेवा काटिएको छ । उनीहरू इतिहासमै पहिलापटक बिजोग अवस्थामा देखिएको तस्बिरहरू सार्वजनिक भएका छ...

दक्षिण कोरियाको शक्तिशाली भुकम्प

दक्षिण कोरियाको शक्तिशाली भुकम्प
सिओल- दक्षिण कोरियाको शक्तिशाली भुकम्प गएको छ। फोहांग क्षेत्र केन्द्र बनाएर बुधबार स्थानीय समय अनुसार दिउँसो २ बजेर २९ मिनेटमा पहिलो ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसलगत्तै केही मिनेटमै पुनः ५ दशमलव ४ रेक्टर म्याग्निच्युडको परकम्प गएको कोरियाको मौसम विभागले जनाएको छ। भुकम्पको केन्द्र रहेको स्थान सिओलबाट सय किलोमिटर उत्तरमा पर्छ।