माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’
काठमाडौं,असोज ६ – भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ। आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको हो। सुरुङको लम्बाइ चार हजार ७६ मिटर छ। सधैँ विवाद तथा अनेकन अनियमितताको भुमरीमा फस्दै आएको माथिल्लो त्...

‘विरामीको मृत्युमा डाक्टरबाट क्षतिपूर्ति भराउने निर्णय भएको छैन’

‘विरामीको मृत्युमा डाक्टरबाट क्षतिपूर्ति भराउने निर्णय भएको छैन’
काठमाडौं,असोज ६ – लापरबाहीका कारण अस्पतालमा बिरामीको मृत्यु भए चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने निर्णय नभएको सरकारले स्पष्टीकरण दिएको छ । सरकारले उपचारका क्रममा विरामीको मृत्यु भएमा सम्वन्धित डाक्टरबाटै क्षतिपूर्ति भराउने निर्णयको विरोधमा आन्दोलन सुरु भएको दिन नै सरकारले एक विज्ञप्ती जारी गर्दै उक्त निर्णय नभएको स्पष्टीकरण दिएको छ । चिकित्सकहरुले आजदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका ...

धरहरा पुनःनिर्माणबाट पछि हट्यो नेपाल टेलिकम

धरहरा पुनःनिर्माणबाट पछि हट्यो नेपाल टेलिकम
काठमाडौं,असोज ६ – नेपाल टेलिकमले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ । कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प÷डिजाइन सरकारद्वारा स्वीकृत नहुनु एवं स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाई देखाउँदै टेलिकम धरहरा पुनःनिर्माणबाटपछि हटेको पत...

राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो,कुन पदमा कति माग (विज्ञापन सहित)

राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो,कुन पदमा कति माग (विज्ञापन सहित)
काठमाडौं,असोज ६ - राष्ट्रिय बाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सुचना प्रकाशित गर्दै विभिन्न पदमा गरी ५ सय ७१ जना कर्मचारी माग गरेको छ । बैंकले ४ तहदेखि १० तहसम्मका कर्मचारी मागेको छ । बैंकले ४ तहदेखि १० तहसम्मका कर्मचारी माग गरेको छ । जस अनुसार मुख्य प्रबन्धकमा १, वरिष्ठ प्रबन्धकमा २, प्रबन्धकमा ४, प्रबन्धक (सूचना प्रविधि) मा १, उप –प्रबन्धकमा ८, उप –प्रबन्धक (लेखा) मा ५, सहा...

काठमाडौं आउँदै गरेको बस दुर्घटना,तीन जनाको मृत्यु

काठमाडौं आउँदै गरेको बस दुर्घटना,तीन जनाको मृत्यु
काठमाडौं,असोज ६ – रामेछाप बजारबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। शुक्रबार बिहान पौने १० बजेतिर रामेछाप बजारबाट आउँदै गरेको बा २ ख ६३७५ नम्बरको बस मन्थली बजार नआइपुग्दै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटनाको विस्तृत विवरण आइसकेको छैन। घाइतेको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

कहिले सम्म पर्ला पानी,मौसमविद्ले गरे यस्तो भविष्यवाणी

कहिले सम्म पर्ला पानी,मौसमविद्ले गरे यस्तो भविष्यवाणी
काठमाडौं,असोज ५ - दुई दिन यता मनसुन सक्रिय भएर देशैभर वर्षा भैरहेको छ । बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया असोज पहिलो साता (२३ सेप्टेम्बर) सम्म मात्र रहने मनसुन केही वर्ष यता लम्बिदै आएको छ । यो वर्ष पनि केही दिन मनसुन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् ...

दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं,असोज ५ - दोलखा केन्द्रविन्दु बनाएर भूकम्प छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिवार दिउँसो १ बजेर ४ मिनेटमा दोलखा केन्द्र बिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको हो । सो भूकम्प गोरखा भूकम्पको पराकम्प रहेको केन्द्रको भनाइ छ । भूकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको ७.६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको गएको थियो ।

बसको डिक्कीमा भेटियो २८ वटा मरेका खसीबोका

बसको डिक्कीमा भेटियो २८ वटा मरेका खसीबोका
काठमाडौं,असोज ५ – पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंमा नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ । नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले उक्त खसीबोका बरामद गरेको छ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो । दशैंमा काठमाडौंमा...

ढिलै भएपनि दशैंका लागि खसीबोकाको मूल्य निर्धारण

ढिलै भएपनि दशैंका लागि खसीबोकाको मूल्य निर्धारण
काठमाडौं, असोज ५-नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ । दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ । संस्थानका वाग्मती अञ्चल प्रम...

बडादशैंको पहिलो दिन घरघरमा जमरा राखिँदै, हेर्नुहोस् जमरा राख्ने साइत

बडादशैंको पहिलो दिन घरघरमा जमरा राखिँदै, हेर्नुहोस् जमरा राख्ने  साइत
काठमाडौंँ, असोज ५ -नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन आज घरडेराका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवता आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ । बिहानै आत्मा र शरीर शुद्धिसहित लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने प्रचलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ९ः४१ बजे घटस्थापना...