January 21, 2017

दंगल’ले कमायो आठ दिनमा दुई सय करोड


काठमाडौं, पुस १७—बलिउड सुपरस्टार आमिर खानद्वारा अभिनित ‘दंगल’ले आठ दिनमा भारतमा कुल दुई सय करोड भारु कमाएको जी न्युज अनलाइनले जनाएको छ । भारतका हिन्दी फिल्म समीक्षक तथा बिजनेस विश्लेषक तरन आदर्शका अनुसार आठ दिनमा ‘दंगल’ले बक्स अफिसमा कमाल गरेको छ ।

‘दंगल’को यो कमाइ भारतको मात्रै हो । आठ दिनमा यो उपलब्धि हासिल गरेको यो फिल्मले ३ सय करोड कमाउने आंकलन गरिएको छ । त्यसो भएमा यस्तो उपलब्धि हासिल गर्ने उनको दंगल दोस्रो फिल्म हुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*