January 21, 2017

‘लुट–२’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं – चार वर्षअघि सुपर हिट भएको नेपाली चलचित्र लुटको दोस्रो संस्करण ‘लुट–२’ को  ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजानिक गरिएको हो। पत्रकार सम्मेलनमा सिक्वेलको रुपमा रहेको ‘लुट-२’ पनि सुपर हिट हुने अपेक्षा गरेको निर्माण पक्षले दाबी गरेको छ। चलचित्र लुट २०६९ सालको सुपरहिट चलचित्र हो ।

निश्चल बस्नेतको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल,दयाहाङ राई, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायत अभिनयमा छन् । पपकर्न पिक्चर्सको प्रस्तुति र प्रिन्सेस मुभिज र ब्लाक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्र ‘लुट-२’ मा माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी रहेको छ ।

यस चलचित्रको गीत ठमेल ठमेल बजार’ ले थोरै समयमा धेरै हेरिएको गीतको रेकर्ड ब्रेक गरेको छ । युट्युबमा सार्वजनिक साढे दुईमहिनामै ५६ लाख पटक हेरिसकिएको छ ।

लुट-२ को गीत ‘ठमेल बजार’ ले गर्‍यो रेकर्ड ब्रेक,पछ्याउँदै ‘गाजलु’

 काली प्रसाद बास्कोटाको संगीतमा मीना निरौला, काली प्रसाद बास्कोटा र भानुभक्त ढकालको स्वरमा रहेको गीतमा एलिसा राईले चलचित्रका निर्देशक तथा नायक निश्चल बस्नेत र दयाहाङ राईसँग नाचेकी छन् । चलचित्र लुट(२को प्रदर्शन फागुन १३ गतेबाट देशैभरि रिलिज हुँदैछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*