January 21, 2017

नेपाल आइडलका तीन निर्णायकको नाम सार्वजनिक


काठमाडौं, पुस २३— नेपाली सांगितिक क्षेत्रमा गायन प्रतिभा खोज्ने उद्देश्यका साथ एपी वान टेलिभिजनबाट प्रसारण हुन लागेको ‘नेपाल आइडल’ का तीन निर्णायकको नाम शुक्रबार सार्वजनिक गरिएको छ।

गायन प्रतिभा खोज्ने यो रियालिटी टिभी शोमा संगीतकार न्ह्यु बज्राचार्य, गीत समेत गाउने संगीतकार कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज रहने छन्।

इन्दिरा नेपाली तारा नामको रियालिटी टिभी शोमा विजेता भई सांगीतिक क्षेत्रमा उदाएकी तारा हुन्। यो पनि आइडल्स सिरिजकै शैलिको कार्यक्रम थियो।

नेपाल आइडल नेपाली टेलिभिजनकै इतिहासमा अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रमको फरम्याट अनुसार लाइसेन्सप्राप्त गरी सञ्चालन हुने पहिलो नेपाली कार्यक्रम हुनेछ।

आइडल्स सिरिज फ्रेमान्टल मिडियाले विस्तार गरेको र बेलायती टेलिभिजन प्रोड्युसर सिमोन फुलरले सिर्जना गरेको फरम्याट हो। यसको पहिलो फरम्याट सन् २००१ मा बेलायती टेलिभिजनमा पप आइडल नामबाट सुरु भएको थियो। विदेशमा सन् २००२ मा पोल्यान्डबाट यसको सुरुवात भएको हो। केही देशमा यो सुपरस्टार नामबाट पनि सञ्चालन हुन्छ।

भारतमा यो इन्डियन आइडल नामबाट ६ सिजनसम्म चलिसकेको छ। यसको तेस्रो सिजन (सन् २००७) मा नेपाली मूलका प्रशान्त तामाङ विजयी भएका थिए।

बंगलादेश र चीनमा पनि आइडल्स सिरिज सुरु भइसकेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*