January 21, 2017

आमिर खानको चलचित्र ‘दंगल’ले बनायो नयाँ रेकर्ड

एजेन्सी – बलिउड सुपर स्टार आमिर खानको चलचित्र ‘ दंगल’ ले नयाँ रेकर्ड बनाएको छ । २०१६ को अर्को सफल चलचित्र ‘ सुल्तान’ लाई व्यवसायीक रूपमा पनि पछि पर्दै नयाँ रेकर्ड बनाएको हो । रेकर्ड बनाउने क्रममा ‘दंगल’ ले ३४५.३ करोड रुपैयाँ कमाई गरेर छ ।

गत महिना डिसेम्बर २३ मा रिलिज भएको ‘दंगल’ ले ८ जनवरीसम्ममा सो कमाइ गर्न सफल भएको हो । उक्त कमाई गरेको दंगलले हिन्दी फिल्ममा धेरै कमाई गर्नेमा एक नयाँ रेकर्ड बनाएको एनडीटीभी अनलाइनले जनाएको छ ।

यसै गरि ‘दंगल’ ले आमिर खानको यसअघिको फिल्म ‘पीके’ को रेकर्डलाई पनि तोडेको छ । नितिश तिवारीले निर्देशन् गरेको सो फिल्म हरियाणाको एक परिवार महाविर सिंह फोगट तथा उनका दुई छोरीका बारेको वास्तविक कथामा आधारित छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*