January 21, 2017

‘जात्रा’ले मनायो ५१ औं दिन

काठमाडौं- प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘जात्रा’ ले शनिबार ५१ औं दिन मनाएको छ । कात्तिक २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ ले शनिबार ५१ औं दिन मनाएको हो ।

‘जात्रा’ एक डार्क कमेडी चलचित्र हो । यसमा असनका तीन व्यपारीको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा पैसा भएपनि समाल्न नसकेपछिको समस्यालाई जात्राको रुपमा देखाइएको छ । असनमा व्यवसाय गरेर बसेको व्यपारीलाई मूख्य विषयवस्तु बनाइएको छ ।

जात्रामा वर्षा र प्रेक्षासँगै विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणि नेपाल, प्रियंका झा, भोलाराज सापकोटा, निलकाजी शाक्य, साजन थापा मगर, सुरेश कार्की, सफर पोखरेल लगायतको अभिनय रहेको छ। रविन्द्रसिंह जात्राको कार्यकारी निर्माता हुन् भने सिंगे लामा र यादव पौडेल निर्माता हुन्।

चलचित्रले ५१ औं दिन मनाएकोमा ‘जात्रा’ का निर्देशक प्रदीप भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “ जात्राको आज ५१ दिन, यहाँहरु सबैले जात्रालाई यति धेरै माया गरिदिनु भएको कि…म सँग आज बोल्न शब्द छैन…, लेख्ने अक्षर छैन । जात्रासँग जोडिने सम्पूर्ण जात्रालुलाई कोटी कोटी धन्यवाद ।”

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*