January 21, 2017

कुन-कुन माेबाइल सेटमा चल्छ फाेर-जी ? यी हुन फोर-जी चल्ने मोबाइल सेटहरु

काठमाडौं, पुस १७ —मुलुकको अग्रणी दूरसञ्चार प्रदायक नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । टेलिकमले आज आइतबारदेखि ताररहित थ्रीजीको विकसित प्रविधि फोरजी सञ्चालनमा ल्याउन लागेको हो । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी द्रुतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ । फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ ।

न्यूनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्यूनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् ।

सबै उपभोक्ताले प्रयोग गर्न नपाउने

काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ । फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन ।

सीमित सिममा मात्रै फोर जी

फोर जी सेवा नेपाल टेलिकमले वितरण गरेका केही सीमित सिममा मात्र चल्नेछ । यसका लागि ‘कम्प्याटेबल’ सिम चाहिन्छ । वितरण भएका सबै सिम ‘कम्प्याटेबल’ मा ‘भेरिफाइड’ छैनन् । टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाका लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डमा मात्र यो सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।
भेरिफाइट भएका सिम पनि टेलिकमले वितरण गरिरहेको छ । अब पुनः फोर जी सेवा सुचारु भएसँगै बाँकी टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएका सिमकार्डमा फोर जी सेवा नचल्ने तर त्यही नम्बरको अपग्रेड सिम टेलिकमले ग्राहकलाई उपलब्ध गराउनेछ ।

फोर-जी दिउँसो १ बजेदेखि सुचारु,यसरी गर्नुहोस् एक्टिभ

नेपाली बजारमा हाल रहेका विभिन्न मोबाइल कम्पनीका उत्पादनहरुमध्ये यी एन्ड्रोइड मोबाइल सेटहरुमा फोरजी सपोर्ट गर्छः

पानासोनिक
पानासोनिकका मोबाइल सेटहरुमध्ये विभिन्न ६ मोडलका फोनहरुले फोर जी नेटवर्क सपोर्ट गर्दछन्। ति यस प्रकार छन्ः
एलुगा ए टु
एलुगा आर्क
एलुगा आर्क टु
एलुगा आई टु
एलुगा आई थ्री
एलुगा नोट

सामसुङ

कम्पनीका अनुसार हाल नेपालमा सामसुङ ब्रान्डका विभिन्न २५ मोडलका मोबाइल फोनहरु मध्य १४ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ। जसमा यी पर्दछन् –

ग्यालेक्सी जे फाएभ(२०१६)
ग्यालेक्सी जे सेभेन (२०१६)
ग्यालेक्सी ए फाएभ(२०१६)
ग्यालेक्सी ए सेभेन(२०१६)
ग्यालेक्सी एस सिक्स फल्याट
ग्यालेक्सी एस सिक्स एज
ग्यालेक्सी एस सेभेन फ्ल्याट
ग्यालेक्सी एस सेभेन एज
ग्यालेक्सी जे टु (२०१६)
ग्यालेक्सी जेथ्री
ग्यालेक्सी जे म्याक्स ट्याब
ग्यालेक्सी नोट फाएभ ड्ओस्
ग्यालेक्सी जे फाएभ प्राइम
ग्यालेक्सी जे सेभेन प्राइम

हुवावे
हुवावे मोबाइल कम्पनीका अनुसार नेपाली बजारमा जम्मा २० वटा मोबाइल सेटहरु मध्ये ११ सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् –
वाइ ६ प्रो
जिआर थ्रि
वाइ सिक्स सिडिएमए
वाइ सिक्स टु
अनर फोर एक्स
जीआर फाइभ
जीआर फाइभ मिनी
पि एट लाइट
जि सेभेन प्लस
पि नाइन
मेट एट

माइक्रोम्याक्स
कम्पनीले दिएको जानकारी अनुुसार माइक्रोम्याक्सका हाल बजारमा विभिन्न २६ प्रकारका मोबाइल सेटहरु छन्। यी २६ सेटहरु मध्ये फोर जी सपोर्ट गर्ने ७ मोडलका मोबाइल सेटहरु उपलव्ध छन्।
क्यानभास सिक्स
क्यानभास फाइभ
क्यानभास युनाइट फोर प्रो
क्यानभास पल्स
क्यानभास एक्सप्रेस
क्यानभास फाइभ लाइट
क्यानभास सेल्फी

जियाेनी

जियोनी मोबाइल कम्पनीका हाल बजारमा ६ विभिन्न मोडलका मोबाइल फोनहरु रहेका छन् जस अन्र्तगत फोर जी सपोर्ट गर्ने ४ सेटहरु यी हुन्ः
एम फाइभ लाइट
एस सिक्स एस
एस सिक्स
एम फाइभ प्लस

सायोमी
कम्पनीका अनुसार सायोमी मोबाइलका ७ विभिन्न मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् :
सायोमी एमवन फाइभ
एमवन म्याक्स
रेडमी थ्री एस
रेडमी थ्री प्रो
रेडमी नोट थ्री
रेडमी नोट टु
रेडमी टु प्रो

इन्टेक्स
कम्पनीका अनुसार इन्टेक्सका विभिन्न ५ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ।
इन्टेक्स अक्वा क्रेज
अक्वा ज्वेल
अक्वा एस मिनी
अक्वा एस टु
अक्वा भ्यु

जेटटिई
कम्पनीका अनुसार जेटटिइका विभिन्न ६ मोडलका मोबाइल सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः
ब्लेड भि सेभेन लाइट
ब्लेड ए ६१०
ब्लेड एस सेभेन
ब्लेड एस सिक्स
ब्लेड डि थ्री
ब्लेड डि टु

सोनी
सोनी मोबाइलका बजारमा भएका सेटहरु मध्य यी फोनहरुले फोर जी नेटवर्क सपोट् गदर्छन्­
सोनी एक्सपेरिया एक्स
एक्सपेरिया एक्स ए
एक्सपेरिया एक्स ए अल्ट्रा
एक्सपेरिया जेड फाइभ डुअल
एक्सपेरिया जेड थ्री कमप्याम्ट
एक्सपेरिया एम फाइभ डुअल
एक्सपेरिया सी फोर डुअल

एचटिसी
एचटिसी मोबाइलका बजारमा उपलब्ध ५ विभिन्न मोडलका फोनहरुमा फोर जी नेटवर्क सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः
एचटिसी डिजाएर ६२७ एलटिई
डिजाएर ७२८
डिजाएर ६३०
डिजाएर ६२८
डिजाएर ८३०

लाभा
लाभा ब्रान्डका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने सेटहरु यी रहेका छन्ः
लाभा ग्रयान्ड टु
आएरिस ८७०

कर्लस
बजारमा उपलब्ध कर्लस मोबाइल सेटहरु मध्य तलका यी २ फोनहरुमा फोर जी चल्ने कम्पनिले जानकारी दिएको छः
पल् ब्ल्याक के थ्री
इलाइट इ­२०

ओप्पो
ओप्पो कम्पनिका बजारमा उपलब्ध ३ मोडलका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने २ मोडलका सेटहरु यी हुन्ः
एफवन एस
ए थर्टीसेभेन

मेजु
मेजु मोबाइल कम्पनिका २ मोबाइल सेटहरुले फोर जी सपोट् गर्दछन् जसमा यी फोनहरु पर्दछन् –
मेजु एमथ्री एस
एम थ्री नोट

वन प्लस
वन प्लस मोबाइलका यी सेटहरुमा फोर जी सपोर्ट गर्दछ­
वन प्लस यक्स
वन प्लस टु
वन प्लस थ्री
माइक्रोसफट लुमिया
माइक्रोसफट लुमियाको एउटा मोबाइलमा फोर जी सपोर्ट गर्दछ जुन
लुमिया ६५० रहेको छ।

के हो फोरजी ?

फोरजी चौथो जेनेरेशनको डाटा टेक्नोलोजी हो । फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ। फोरजी सेवा थ्रीजीको तुलनामा फास्ट हुनेछ । ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

टेलिकमले शुरुमा फोरजीमार्फत ३० एमविपीएस प्रति सेकेन्ड उपलब्ध गराउने बताएको छ । फोरजी सेवामा मोवाइल वेव एकसेस, गेमिङ सर्भिस, एचडी मोवाइल टिभी, क्लाउड कम्प्युटिङलगायत सेवा हुन्छ । यसको डाउनलोड क्षमता थ्रीजी भन्दा झण्डै ५ गुणा छिटो हुने टेलिकमको दावी छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवा नै फोरजी हो ।

कसरी चलाउने फोरजी ?

मोवाइलमा फोर जी सेवा सुचारु गर्न एलटीइ (लङ टर्म इभ्यालुएशन) इनेवल गर्नुपर्छ । यो मोवाइलमा थ्रीजी इनेवल गरे जसरी गर्न सकिन्छ । त्यसपछि प्रयोगकर्ताले फोजी सेवा प्रयोग गर्न सक्नेछन् । एलटिइ इनेवल गर्न टेलिकमले कोर्ड उपलब्ध गराउँछ । फोरजी सार्वजनिक गर्नुअघि आफ्ना ग्राहकलाई सो कोड उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले फोरजीको मूल्यको बारेमा भने अझै टुङ्गो लगाउन सकेको छैन । हाल सो सम्बन्धमा विस्तृत अध्ययन भइरहेकोले केही समयभित्रै मूल्य निर्धारण गरिने भएको छ । तर फोरजीको मूल्य थ्रीजीको तुलनामा केही महंगो हुने टेलिकमले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् । 

टेलिकमको फोर–जी को शुरुवात जनवरी १ देखि, कसरी चलाउने फोर-जी ?

थ्रीजीकै भाउमा फोरजी चलाउन पाइने, चार दिन सित्तैमा

टेलिकमको फोर–जी पुराना सिमकार्डमा नचल्ने,प्रयोगकर्तासँग कस्तो सिम हुनुपर्छ ?

टेलिकमको फोर जी सेवा आजदेखि सुरु, न्यूनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

(मोबाईलफोन डाटा सेतोपाटी वाट)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*