January 21, 2017

पुनर्निर्माण प्राधिकरणको सिईओमा डा.गोविन्द पोख्रेल नियुक्त

काठमाडौं,पुस २७ – सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा  डा.गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवालीलाई बर्खास्त गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।

कांग्रेसले प्रस्तावमा  प्युठान रस्पुरकोट निवासी डा। पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त भएका हुन् । सरकारले पुर्नर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई प्राधिकरणको काम चिक्त बुझ्दो नभएको भन्दै स्पष्टिकरण सोधेको थियो ।

पहिलो पटक सोधेको स्पष्टिकरणले चित्त नबुझेको भन्दै सरकारले ज्ञवालीलाई दोस्रो पटक पनि स्पष्टिकरण सोधेको थियो । दोस्रो पटक ज्ञवालीले बुझाएको स्पष्टिकरणका बारेमा आजको बैठकमा छलफल भएको थियो । पोखरेल यसअघि पनि सोही पदमा सुशील कोइरालाको सरकारले नियुक्त गरेको थियो। तर सरकारले विधेयक समयमा पास नगर्दा कामै गर्न नपाई उनको पद यत्तिकै गुमेको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*