January 21, 2017

टेलिकमको फोर–जी को शुरुवात जनवरी १ देखि, कसरी चलाउने फोर-जी ?

काठमाडौं – जनवरी १ देखि नेपालमै पहिलो पटक नेपाल टेलिकमले बहुप्रतिक्षित फोरजी सेवाको व्यवसायीक शुरुवात गर्दैछ । टेलिकमले दु्रतगतिमा इन्टरनेट चलाउने ग्राहकलाई लक्ष्य गर्दै   २०१७ जनवरी १ (१७ पुस २०७३) देखि फोर–जी सेवा दिन लागेको हो । यो सेवा पहिलो चरणमा पोखरा र काठमाडौंमा दिने तयारी थालिएको छ ।

पोखरामा मा २५ हजार ग्राहकले मात्र फोर–जी सेवा पाउनेछन् भने काठमाडौंका ३ लाख ७५ हजार ग्राहकसम्म यो सेवा पुग्नेछ । टेलिकमका प्रयोगकर्ता मात्र भएर फोरजी सेवा लिन भने पाउने छैनन् । यसका लागि कम्तिमा आफुले प्रयोग गर्ने मोवाइल फोरजी सपोर्ट गर्ने हुनुपर्छ ।

टेलिकमले उपलब्ध गराउने फोरजी १८ सय मेगाहर्ज व्याण्डवीथ चल्ने मोवाइलमा मात्र सपोर्ट गर्छ । नेपालमा उपलब्ध सवै फोरजी सपोर्ट मोवाइलमा १८ सय मेगाहर्ज व्याण्डवीथ नभएकोले शुरुमा समस्या हुने टेलिकमको भनाइ छ । त्यसलाई सम्बोधन गर्नेगरी छुट्टै योजना ल्याउने समेत टेलिकमले जानकारी दिएको छ ।

के हो फोरजी ?

फोरजी चौथो जेनेरेशनको डाटा टेक्नोलोजी हो । फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ। फोरजी सेवा थ्रीजीको तुलनामा फास्ट हुनेछ । ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

टेलिकमले शुरुमा फोरजीमार्फत ३० एमविपीएस प्रति सेकेन्ड उपलब्ध गराउने बताएको छ । फोरजी सेवामा मोवाइल वेव एकसेस, गेमिङ सर्भिस, एचडी मोवाइल टिभी, क्लाउड कम्प्युटिङलगायत सेवा हुन्छ । यसको डाउनलोड क्षमता थ्रीजी भन्दा झण्डै ५ गुणा छिटो हुने टेलिकमको दावी छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवा नै फोरजी हो ।

कसरी चलाउने फोरजी ?

मोवाइलमा फोर जी सेवा सुचारु गर्न एलटीइ (लङ टर्म इभ्यालुएशन) इनेवल गर्नुपर्छ । यो मोवाइलमा थ्रीजी इनेवल गरे जसरी गर्न सकिन्छ । त्यसपछि प्रयोगकर्ताले फोजी सेवा प्रयोग गर्न सक्नेछन् । एलटिइ इनेवल गर्न टेलिकमले कोर्ड उपलब्ध गराउँछ । फोरजी सार्वजनिक गर्नुअघि आफ्ना ग्राहकलाई सो कोड उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले फोरजीको मूल्यको बारेमा भने अझै टुङ्गो लगाउन सकेको छैन । हाल सो सम्बन्धमा विस्तृत अध्ययन भइरहेकोले केही समयभित्रै मूल्य निर्धारण गरिने भएको छ । तर फोरजीको मूल्य थ्रीजीको तुलनामा केही महंगो हुने टेलिकमले जानकारी दिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*