January 21, 2017

‘ग्याङस्टार ब्लूज’मा संयम पुरी अनुबन्धित

काठमाडौं – चलचित्र ‘ग्याङस्टार ब्लूज’मा नायक संयम पुरी पनि अनुबन्धित भएका छन् । फागुनबाट फ्लोरमा जाने चलचित्र ’ग्याङ्गस्टार ब्लूज’मा आना शर्मा, आशिरमान देशराज, गौरव पहारीको मुख्य भूमिका रहनेछ । साथै यसअघि रोजिशा शाही ठकुरी अनुबन्धीत भएकी थिईन् ।

सरोज न्यौपानेले निर्माण गर्ने यस चलचित्रमा अन्य को को आर्टिस्टहरु हुनेछन् भन्ने बारे अझै टुंगो लागेको छैन । यसका लागी निर्माण टिम ले आउँदो २५ गते अनामनगर स्थित मण्डला थिएटरमा अडिशनका लागी बोलाएको छ । जहाँ चलचित्रमा अभिनय गर्न चाहने जो कोहिले पनि सहभागीता जनाउन पाउनेछन्। आउँदो अर्को भदौ २४ लाई सो चलचित्रको रिलिज मिति तय भईसकेको छ । निर्माण घोषणाको लामो समयपछि फिल्म फ्लोरमा जान लागेको हो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*