January 21, 2017

स्मार्टफोनमा फोर-जी छ कि छैन कसरी हेर्ने ? स्मार्टफोन छनौटको तरिका

काठमाडौं – मुलुकको अग्रणी दूरसञ्चार प्रदायक नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरुवात गरेको छ । छ । ताररहित थ्रीजीको विकसित प्रविधि फोरजी सञ्चालनमा ल्याएको हो । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी द्रुतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ । फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ ।

स्मार्टफोनमा फोरजी छ कि छैन कसरी हेर्ने ?
तपाईँको स्मार्टफोनमा फोरजी सेवा चलाउन सकिन्छ कि सकिँदैन भनेर आफैंले पनि हेर्न सकिन्छ । यसको लागि तपाईँले फोनको सेटिंगमा गएर सेल्यूलर नेटवर्क वा मोबाइल नेटवर्क भन्ने स्थानमा ट्याप गर्नुहोस् । त्यसपछि अब तपाईँले फोरजी वा एलटिईसहितको जिएसएम नेटवर्क छनौट गर्नुहोस् । अब तपाईँ आफ्नो स्मार्टफोनमा मज्जाले फोरजी चलाउन सक्नुहुनेछ ।

यस्तो छ फोर जी एक्टिभ गर्ने तरीका

अहिले यो सुविधा पोष्टपेड चलाउने प्रयोगकर्ताले मात्र उपयोग गर्न पाउनेछ । प्रिपेड प्रयोगकर्ताले भने तीन सातापछि मात्र यो सुविधा प्रयोग गर्न पाउने छ । यो सेवा लिनको लागि नेपाल टेलिकमका गएर सिधै सम्पर्क गर्न पनि सकिनेछ । साथै आफैले एक्टिभ गर्नको लागि *444# मा डायल गरेर यो सुविधा प्रयोग गर्न सकिनेछ ।

त्यसको लागि *444# डायल गर्नुहोस् अनि LTE भन्ने वा 4G भन्ने मध्ये कुनै देखाउछ । त्यसलाई छनोट गरेपछि तपाईले आफ्नो मोबाईल सेटवाट फोरजीको सुविधा लिनसक्नु हुनेछ । तपाईलाई थप जानाकारी चाँहिएका नेपाल टेलिकमको १४९८ मा फोन गरेर जानाकारी लिन सक्नुहुनेछ ।

थ्रिजी वा फोरजी कुन ठिक ?
फोरजी सेवा शुरु भएपछि यो सेवा उपयोग गर्न पाउनेहरुले आफू भाग्यमानी भएको ठानिरहेका छन भने थ्रिजी मात्र प्रयोग गर्न पाउने सेवाग्राहीहरुले पछाडि परेको ठानिरहेका छन् तर त्यस्तो होईन् । थ्रिजी र फोरजीमा केहि भिन्नता छ भने यसको प्रयोगको आवश्यकता महसुस छ की छैन भन्ने हेर्नुपर्ने हुन्छ ।
थ्रिजी भनेको तेस्रो पुस्ताको प्रविधि हो जसमा २०० किलोबाइट प्रतिसेकेण्डको डाटा आदान प्रदान हुन्छ ।

कुन स्मार्टफोनमा फोरजी चल्दछ, स्मार्टफोन छनौटको तरिका
तपाईँले थ्रिजी र फोरजीको बारेमा यति थाहा पाएपछि कुन स्मार्टफोनमा फोरजी चल्दछ भन्ने बुझ्नुपर्ने हुन्छ । बजारमा विभिन्न किसिमका फोनहरु उपलब्ध छन जसमा थ्रिजी, फोरजी, तथा फोरजी एलटिई प्रविधि भएका फोनहरु किन्न सकिन्छ । केहि माेबाइल फाेनहरूमा फाेरजी भनेर बेचेपनि चाँच्चिकै फाेरजी नहुन सक्दछ र त्यस्ताे फाेनमा ३.९ जी अर्थात एडभान्स थ्रिजी मात्र हुन्छ ।

थ्रिजी फोनहरुमा केबल टूजी तथा थ्रिजी प्रयोग गर्न सकिन्छ भने फाेरजी फाेनमा फाेरजीसहित थ्रिजी र टूजी चलाउन सकिन्छ ।
फोरजी लेखिएका लोगोसहित आएका केहि पुराना मोडलका फोनहरुमा पूर्णरुपमा फोरजी चलाउन सकिँदैन्, यस्ता फोनहरुमा ३.९ जीसम्मको प्रविधि हुन्छ जसलाई एडभान्स थ्रिजी भनेर चिनिन्छ ।
अर्को भनेको पूर्णरुपमा फोरजी प्रविधियुक्त फोन हो जसमा फोरजी एलटिई लेखिएको हुन्छ र यसमा तिब्र गतिको डाटा आदान प्रदान गर्न सकिन्छ ।
त्यसैले तपाईँले कुनैपनि ब्राण्डको फोन किन्दा फोरजी एलटिई प्रविधि भएको फोन किन्नु पर्दछ, यसको बारेमा फोनको बाहिरी खोलमा पनि उल्लेख गरिएको हुन्छ भने फोन किन्ने स्थानको बिक्रेतालाई पनि सोध्न सकिन्छ ।

नेपाली बजारमा हाल रहेका विभिन्न मोबाइल कम्पनीका उत्पादनहरुमध्ये यी एन्ड्रोइड मोबाइल सेटहरुमा फोरजी सपोर्ट गर्छः

पानासोनिक
पानासोनिकका मोबाइल सेटहरुमध्ये विभिन्न ६ मोडलका फोनहरुले फोर जी नेटवर्क सपोर्ट गर्दछन्। ति यस प्रकार छन्ः
एलुगा ए टु
एलुगा आर्क
एलुगा आर्क टु
एलुगा आई टु
एलुगा आई थ्री
एलुगा नोट

सामसुङ

कम्पनीका अनुसार हाल नेपालमा सामसुङ ब्रान्डका विभिन्न २५ मोडलका मोबाइल फोनहरु मध्य १४ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ। जसमा यी पर्दछन् –

ग्यालेक्सी जे फाएभ(२०१६)
ग्यालेक्सी जे सेभेन (२०१६)
ग्यालेक्सी ए फाएभ(२०१६)
ग्यालेक्सी ए सेभेन(२०१६)
ग्यालेक्सी एस सिक्स फल्याट
ग्यालेक्सी एस सिक्स एज
ग्यालेक्सी एस सेभेन फ्ल्याट
ग्यालेक्सी एस सेभेन एज
ग्यालेक्सी जे टु (२०१६)
ग्यालेक्सी जेथ्री
ग्यालेक्सी जे म्याक्स ट्याब
ग्यालेक्सी नोट फाएभ ड्ओस्
ग्यालेक्सी जे फाएभ प्राइम
ग्यालेक्सी जे सेभेन प्राइम

हुवावे
हुवावे मोबाइल कम्पनीका अनुसार नेपाली बजारमा जम्मा २० वटा मोबाइल सेटहरु मध्ये ११ सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् –
वाइ ६ प्रो
जिआर थ्रि
वाइ सिक्स सिडिएमए
वाइ सिक्स टु
अनर फोर एक्स
जीआर फाइभ
जीआर फाइभ मिनी
पि एट लाइट
जि सेभेन प्लस
पि नाइन
मेट एट

माइक्रोम्याक्स
कम्पनीले दिएको जानकारी अनुुसार माइक्रोम्याक्सका हाल बजारमा विभिन्न २६ प्रकारका मोबाइल सेटहरु छन्। यी २६ सेटहरु मध्ये फोर जी सपोर्ट गर्ने ७ मोडलका मोबाइल सेटहरु उपलव्ध छन्।
क्यानभास सिक्स
क्यानभास फाइभ
क्यानभास युनाइट फोर प्रो
क्यानभास पल्स
क्यानभास एक्सप्रेस
क्यानभास फाइभ लाइट
क्यानभास सेल्फी

जियाेनी

जियोनी मोबाइल कम्पनीका हाल बजारमा ६ विभिन्न मोडलका मोबाइल फोनहरु रहेका छन् जस अन्र्तगत फोर जी सपोर्ट गर्ने ४ सेटहरु यी हुन्ः
एम फाइभ लाइट
एस सिक्स एस
एस सिक्स
एम फाइभ प्लस

सायोमी
कम्पनीका अनुसार सायोमी मोबाइलका ७ विभिन्न मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् :
सायोमी एमवन फाइभ
एमवन म्याक्स
रेडमी थ्री एस
रेडमी थ्री प्रो
रेडमी नोट थ्री
रेडमी नोट टु
रेडमी टु प्रो

इन्टेक्स
कम्पनीका अनुसार इन्टेक्सका विभिन्न ५ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ।
इन्टेक्स अक्वा क्रेज
अक्वा ज्वेल
अक्वा एस मिनी
अक्वा एस टु
अक्वा भ्यु

जेटटिई
कम्पनीका अनुसार जेटटिइका विभिन्न ६ मोडलका मोबाइल सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः
ब्लेड भि सेभेन लाइट
ब्लेड ए ६१०
ब्लेड एस सेभेन
ब्लेड एस सिक्स
ब्लेड डि थ्री
ब्लेड डि टु

सोनी
सोनी मोबाइलका बजारमा भएका सेटहरु मध्य यी फोनहरुले फोर जी नेटवर्क सपोट् गदर्छन्­
सोनी एक्सपेरिया एक्स
एक्सपेरिया एक्स ए
एक्सपेरिया एक्स ए अल्ट्रा
एक्सपेरिया जेड फाइभ डुअल
एक्सपेरिया जेड थ्री कमप्याम्ट
एक्सपेरिया एम फाइभ डुअल
एक्सपेरिया सी फोर डुअल

एचटिसी
एचटिसी मोबाइलका बजारमा उपलब्ध ५ विभिन्न मोडलका फोनहरुमा फोर जी नेटवर्क सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः
एचटिसी डिजाएर ६२७ एलटिई
डिजाएर ७२८
डिजाएर ६३०
डिजाएर ६२८
डिजाएर ८३०

लाभा
लाभा ब्रान्डका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने सेटहरु यी रहेका छन्ः
लाभा ग्रयान्ड टु
आएरिस ८७०

कर्लस
बजारमा उपलब्ध कर्लस मोबाइल सेटहरु मध्य तलका यी २ फोनहरुमा फोर जी चल्ने कम्पनिले जानकारी दिएको छः
पल् ब्ल्याक के थ्री
इलाइट इ­२०

ओप्पो
ओप्पो कम्पनिका बजारमा उपलब्ध ३ मोडलका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने २ मोडलका सेटहरु यी हुन्ः
एफवन एस
ए थर्टीसेभेन

मेजु
मेजु मोबाइल कम्पनिका २ मोबाइल सेटहरुले फोर जी सपोट् गर्दछन् जसमा यी फोनहरु पर्दछन् –
मेजु एमथ्री एस
एम थ्री नोट

वन प्लस
वन प्लस मोबाइलका यी सेटहरुमा फोर जी सपोर्ट गर्दछ­
वन प्लस यक्स
वन प्लस टु
वन प्लस थ्री
माइक्रोसफट लुमिया
माइक्रोसफट लुमियाको एउटा मोबाइलमा फोर जी सपोर्ट गर्दछ जुन
लुमिया ६५० रहेको छ।

के हो फोरजी ?

फोरजी चौथो जेनेरेशनको डाटा टेक्नोलोजी हो । फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ। फोरजी सेवा थ्रीजीको तुलनामा फास्ट हुनेछ । ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

टेलिकमले शुरुमा फोरजीमार्फत ३० एमविपीएस प्रति सेकेन्ड उपलब्ध गराउने बताएको छ । फोरजी सेवामा मोवाइल वेव एकसेस, गेमिङ सर्भिस, एचडी मोवाइल टिभी, क्लाउड कम्प्युटिङलगायत सेवा हुन्छ । यसको डाउनलोड क्षमता थ्रीजी भन्दा झण्डै ५ गुणा छिटो हुने टेलिकमको दावी छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवा नै फोरजी हो ।

फोरजीको शुरुवात
पहिलो लंग टर्म इभोल्यूसन (एलटिई) स्तर (फोरजीको प्रणाली) सन् २००९ मा स्विडेनको राजधानी स्टकहोम तथा नर्वेको राजधानी ओस्लोमा व्यवसायीकरुपमा लागू गरिएको थियो । तर यसको शुरुवाती अवस्थामा भएको फोरजी साँच्चिकै यसको स्तरअनुसारको थियो वा थिएन भन्ने अझैपनि चर्चाको विषय हो ।
करिब प्रत्येक १० वर्षमा नयाँ मोबाइल पुस्ता देखापरेको छ ।

यसमा सबैभन्दा पहिले सन् १९८१ मा एनालग अर्थात वानजी शुरु भयो भने सन् १९९२ मा डिजिटल अर्थात टूजी प्रशारण शुरु भयो । त्यसैगरी सन् २००१ मा थ्रिजी मल्टि मिडिया सपोर्ट आयो, जसले न्यूनतम २०० केबिपिएसको पिक बिट रेट दिन्छ । सन् २०११को अन्त्यमा भने साँच्चिकैको स्तर भएको फोरजी शुरु भएको हो ।
नेपालमा भने फोरजी प्रविधि पहिलो पटक शुरु भएको समय २००९ लाई आधार मान्ने हो भने करिब १० वर्षपछि मात्र मोबाइलमा फोरजी सेवा संचालनमा आएको छ, तर यो प्रविधि वाईम्याक्सको रुपमा यसअघि नै नेपालमा संचालमा आईसकेको भएपनि त्यति लोकप्रिया हुन सकेन् । अझैपनि विश्वका विकसित मानिने मुलुकहरुले पनि फोरजीलाई बिस्तारै संचालनमा ल्याएका छन् भने कतिपय मुलुकहरुमा अझै फोरजी पुरै संचालनमा छैन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*