January 21, 2017

रातो नम्बरबाट फोन आएको भन्दै हल्ला फैलाउने मोडल प्रश्ना पाण्डे पक्राउ

मोबाइलमा रातो नम्वरबाट कल आएको भनि पाण्डेले राखेकी स्क्रीन सट,अहिले डिलेट गरिसकिएको छन्
काठमाडौं,पुस २० – मोबाइलमा रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु भएको हल्ला सामाजिक सञ्जालमा भाईरल बन्दै जाँदा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धान ब्युरोले सामाजिक सञ्जालमा रातो नम्बरको आतङ्क फैलाउने गायिका प्रश्ना पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रश्ना पाण्डे
अनौठौ नम्बरबाट कल आए लगत्तै रातो बत्ती र फोन उठाए ज्यान जाने भन्दै अफवाह फैलाएको आरोपमा प्रशन्ना पाण्डे पक्राउ परेकी हुन्। गायिका  पाण्डेले आफ्नो मोबाईलमा रातो नम्बरबाट फोन आएको बताएदै स्टाटस् राखेकी थिईन् ।  उनले आफुलाई  केहिदिन यता चलेको यो हल्ला हल्लामात्र भएजस्तो लागेको तर आफ्नै नम्बरमा फोन आउँदा डरलागेको बताउदै स्टाटस्  पोष्ट गरेकी थिइन् । झापा घर भएकी पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन्। उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् (अहिले डिलेट गरिसकिएको छन्)।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*