January 21, 2017

उपत्यका बाहिर पनि अनिवार्य डिम्याट

काठमाडौं,पुस २४ – प्राथमिक शेयर निष्काशनमा आवेदन गर्दा अनिवार्य हितग्राही खाता डिम्याट लागू हुने बताएको छ । गत साउनबाट उपत्यका भित्रमा अनिवार्य डिम्याटको व्यवस्था गरेको बोर्डले दोस्रो चरणमा उपत्यका बाहिर अर्थात देशैभरि लागू गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले आइतबार लगानीकर्ताका नाममा सूचना जारी गर्दै हालसम्म हितग्राही खाता नखोलेका लगानीकर्ताहरुलाई शीघ्र खाता खोल्न अनुरोध गरेको हो ।

त्यस्तै बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुस १२ मा जारी गरेको सुचनालाई आधार मान्दै डिम्याट एकाउन्ट खोल्दा अनिवार्य बैंक खाता नम्बर उल्लेख गर्न समेत सुझाएको छ । जसले गर्दा प्राथमिक निष्काशनमा शेयर नपरेमा वा आंशिक रुपमा परेमा र सूचिकृत संगठित संस्थाले दिने नगद लाभांश लगानीकर्ताको बैंक खातामा नै जानेछ ।

डिम्याट खाता कसरी खोल्ने ?
डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । फोटो र नागरिकता चाहिन्छ । तर, बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा दलाल कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको सेयर सोहि खातामा जम्म हुन्छ । खाता खोलेपछि आफ्नो खातानम्बर तथा चेक बुक पाइन्छ ।

सेयर कारोबार गर्दाको समयमा डिम्याट अकाउन्ट दलाल कम्पनीलाई दिनु पर्ने हुन्छ । सोही अनुसार खातामा सेयर जम्मा हुन्छ भने बिक्री गर्दा चेक काटेर दिएपछि सेयर खातावाट खरिदवालाको खातामा ट्रान्स्फर हुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*