January 21, 2017

फरवार्ड माइक्रोफाइनान्सको आइपीओ माघ ९ देखि,कहाँ-कहाँबाट दिने आवेदन ?

काठमाडौं,पुस २६ – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता आइपीओ माघ ९ देखि बिक्री खुला हुने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म भर्न पाइनेछ । कुल निष्कासन गरिने सेयरमध्ये ३० हजार कित्ता कर्मचारीलाई दिएको छ भने ३० हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ । बाँकी पाँच लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणले पाउने भएका छन् ।

यो आइपीओ बिक्री बन्द छिटोमा माघ १२ गते हुनेछ । यो समयसम्म पनि आवश्यकता अनुसार आवेदन नपरेमा चाँहि माघ २३ गते सम्म भर्न सकिनेछ । तर पछिल्लो समय आइपी आकर्षण अधिक रहेकाले माघ १२ मै आवेदन बन्द हुने देखिन्छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको बृहस्पति बिद्या सदन (मालिगाँउ पट्टीको गेट) नक्सालमा गएर दिन सकिनेछ । यसबाहेक फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ ।

यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबाट भने चेकमात्र बुझ्ने व्यबस्था छ । फरवार्डको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*