January 21, 2017

अब विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी हुने, यसरी हुनेछ समूह विभाजन


काठमाडौं, पुस २६—सन् २०२६ को विश्वकप फुटबलमा अहिलेसम्मकै बढी ४८ राष्ट्र सहभागी हुने भएको छन् । प्रत्येक समूहमा ३/३ टोली रहने गरी १६ समूहमा विभाजन गरिनेछ ।जसबाट शीर्ष २ टीम अन्तिम ३२ मा प्रवेश गर्नेछन्।  हाल विश्वकपमा जम्मा ३२ टोली सहभागि हुँदै आएका छन्  र ८ समूहमा विभाजन गरिएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले मंगलबार विश्वकपमा ४८ राष्ट्र रहने प्रस्ताव पारित गरेसँगै अब विश्वकपमा ४८ टिमको सहभागिता रहने भएको हो । देशको संख्या बढ्ने वित्तिकै विश्वकपमा खेलको संख्या पनि बढ्ने छ। हाल ३२ टिम हुँदा ६४ वटा खेल हुने गथ्र्यो। अब ८० वटा खेल हुनेछ। खेलको संख्या बढेपनि विजेता टिमले अहिले जति नै ७ वटा खेल खेल्ने छ। विश्वकप समापन हुन ३२ दिन लाग्नेछ।

फिफा अध्यक्ष गियानी इन्फान्टिनोले गत कार्तिकमा विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका थिए ।इन्फान्टिनोले गएको फेब्रुअरीमा फिफा अध्यक्ष बन्दा विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्याउने बताएका थिए । फिफाको मुख्यालय जुरिचमा मंगलबार बसेको फिफाको काउन्सिल बैठकले अध्यक्षको प्रस्ताव अनुमोदन गरेसँगै विश्वकपमा ४८ राष्ट्रले प्रतिस्प्रधा गर्ने भएको हो ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*