January 21, 2017

म्यानचेस्टर युनाइटेडको अपराजित यात्रा कायमै

काठमाडौं, पुस २७—म्यानचेस्टर युनाइटेड इंग्लिस लिग कप (क्यापिटल वन कप) फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा विजयी भएको छ । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २ – ० ले पराजित गरेको हो ।

पहिलो लेगको जितसंगै म्यानचेस्टर युनाइटेडले लिग कपको फाइनल पुग्ने सम्भावना प्रवल बनाएको छ । त्यस्तै युनाइटेडले सबै प्रतियोगिता गरि पछिल्ला ९ खेलमा अपराजित यात्रा कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन हुवान माटा र माराउने फेलानीले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा माटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । माटाको पछिल्ला ४ लिग कप खेलमा यो तेस्रो गोल हो ।

त्यसपछि खेलको ८७ औ मिनेटमा फेलानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २ – ० को जित दिलाए । फेलानीले लिग कप फुटबलमा सन् २०१३ को अगस्टपछि पहिलोपटक गोल गरेका हुन् । अब दुई टोलीबीचको दोस्रो लेग हल सिटीको घरेलु मैदानमा हुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*