January 21, 2017

विदाको स्पष्ट नीति नभएकाले पृथ्वी जयन्तीका विदा दिन सकिएन: प्रचण्ड

काठमाडौं,पुस २७ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०६२/०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नभएकाले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिन नसकिएको बताएका छन् । राप्रपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा सहभागिता जनाउँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबारकै क्याबिनेट बैठकमा सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए ।
०६२र०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको बताउँदै प्रचण्डले भने, ‘कुन दिनमा विदा दिनु उचित छ र कुनलाई उचित छैन भन्ने अध्ययन गरेर प्रतिवेदन पेश गर्न आजैको क्याबिनेटले समिति बनाएको छ ।’ प्रचण्डले पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणका लागि भूमिका खेलेको बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*