January 21, 2017

सरकारले पृथ्वी जयन्तीमा विदा नदिएर संकीर्ण सोच राखे: ओली

काठमाडौं,पुस २७ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताउँदै सरकारले पृथ्वी जयन्तीमा विदा नदिएर संकीर्ण सोच राखेको बताएका छन् । बुधबार पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय एकीकरणको धरोहर पृथ्वीनारायण शाहको जन्म दिनलाई आफूले नेतृत्व गरेको सरकारले पनि सार्वजनिक बिदा दिन नसेको गुनासो गरेका छन् । त्यसको दोष भने माओवादीलाई नै लगाएका छन् ।

अध्यक्ष ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको भन्दै उनको अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले जनताको माग, चाहना र बलिदानलाई नेतृत्व दिएर नेपाल राष्ट्र निर्माणको अगुवाई गरेको स्मराण् समेत गरेका थिए । माओवादीतर्फ केन्द्रतर्फ लक्षित गर्दै उनले भने, ‘तपाईहरुकै कारण पृथ्वी जयन्तीमा विदा दिन सकिएन् ।’ गत बर्ष ओली प्रधानमन्त्री भएका बेला पनि पृथ्वीजयन्तीका दिन विदा दिनुपर्ने आवाज उठेपनि उनले विदा दिएका थिएनन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*