शुक्रबार, पौष १६, २०७८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबारदेखि कुनै पनि ठाउँमा झ्याप्प-झ्याप्प बत्ती जाने समस्या अन्त्य भएको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै पछिल्लो समय केही प्राविधिक कारणले बिजुली आउने-जाने समस्या भएकोमा अब त्यो समस्या नदोहोरिने बताएका हुन् ।
तीन चार दिनदेखि विद्युत आपूर्तिमा समस्या देखिएको छ। यो समस्या काठमाडौंमा मात्र देखिएको हो। ...