वाणिज्य बैंकमा २४९ जनालाई रोजगारीको अवसर

वाणिज्य बैंकमा २४९ जनालाई रोजगारीको अवसर
काठमाडौं, भदौ २८– राष्ट्रिय वाणिज्य बैंकले २४९ जनालाई रोजगारीको अवसर खुलाएको छ । बैंकको मानव संशाधन विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय र शाखा कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदमा २४९ जनाको लागि दरखास्त आह्वान गरिएको छ । जसअनुसार सहायक प्रवन्धक ६९ जना, वरिष्ठ सहायक १९ जना, वरिष्ठ सहायक (नगद) ५० जना, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) ६ जना, सहायक ५५...

मजदूरको भन्दा कर्मचारीको ज्याला वृद्धिदर कम

मजदूरको भन्दा कर्मचारीको ज्याला वृद्धिदर कम
काठमाडौं,२८ भदौ । निर्माण औंधोगिक र कृषि मजदुरको ज्यालादर वृद्धिदर अन्य क्षेत्रका मजदुर तथा कर्मचारीभन्दा उच्च रहेको छ । गत आर्थिक वर्षमा सरकारी तहमा तलब वृद्धि नभए पनि निर्माण,औंधोगिक र कृषि मजदुरहरूको ज्याला बढेको छ । त्यसै गरी अघिल्लो वर्षमा मजदुरहरूको ज्याला अन्य क्षेत्रको भन्दा बढी बढेको आजको कारोबार दैनिकमा समाचार छ ।गत वर्ष तलब सूचक ०.८ प्रतिशत बढेकोमा ज्याला सूचक भने ७.२ प्रतिशत बढेको छ । ...

बन्द भएका सरकारी उद्योग पुन: सञ्चालन गरिने उद्योगमन्त्रीको घोषणा

बन्द भएका सरकारी उद्योग पुन: सञ्चालन गरिने उद्योगमन्त्रीको घोषणा
काठमाडौ,भदौ २६ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकारले बन्द भएका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न लागेको बताएका छन् । उद्योग मन्त्रालयद्वारा तयार ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री जोशीले विगतमा जेसुकै कारणले बन्द भएको भएपनि अब त्यस्ता उद्योगले पुनर्जीवन पाउने बताए । पहिलो चरणमा नेपाल औषधी लिमिटेडलाई सुचारु गर्न तयारी भएको मन्त्री जोशीले बताए । उनका अनुसार पहिलो चरणमा ...

उपत्यकामा‘मास ट्रान्जिट’ यातायात लागू गर्ने तयारी,टेम्पो र माइक्रो हट्ने

उपत्यकामा‘मास ट्रान्जिट’ यातायात लागू गर्ने तयारी,टेम्पो र माइक्रो हट्ने
काठमाडौं,भदौ २६ । नजिकिदै गरेको चाडपर्व तथा यात्रुहरुले भोग्नु परेको सास्तीलाई मध्येनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा ‘मास ट्रान्जिट’ यातायात व्यवस्था लागू गर्ने भएको छ । यो व्यवस्ता लागूभएसँगै नयाँ बसपार्क-सिनामंगल रुटमा १७ वटा ठूला बस चल्नेछन् । यसको तयारी स्वरुप यातायात व्यवस्था विभागले पहिलो चरणमा सामखुसी यातायात र सफा ट्याम्पो परिवहन संघसँग सम्झौता गरेको छ । यो सम्झौता अनुसार पहिलो चरणमा न...

वीर अस्पताल बन्ने नाममा जग्गाको मूल्यवृद्धि,जग्गा दलाल र भूमाफिया सक्रिय

वीर अस्पताल बन्ने नाममा जग्गाको मूल्यवृद्धि,जग्गा दलाल र भूमाफिया सक्रिय
काठमाडौं,भदौ २६ । काठमाडौंस्थित देशकै पुरानो एवं ठूलो वीर अस्पताल विस्तार हुने नाममा भक्तपुरको दुवाकोटमा दलाल तथा भूमाफियाले जग्गाको कृत्रिम मूल्यबृद्धि गरेका छन् । अस्पताल विस्तार हुने साविक दुवाकोट गाविस ५ र ६ तथा चाँगु गाविस ९ मा जग्गाको कृत्रिम मूल्यबृद्धि गरिएको हो । हाल चाँगुनारायण नपा १४ र ११ मा पर्ने उक्त क्षेत्रमा जग्गा दलाल तथा भूमाफियाले सरकारी मूल्यभन्दा चार गुणसम्म बढी मूल्य बढाएका...

कहिले आँउला राजधानीमा मेलम्चीको पानी ? ठेकेदारलाई अतिरिक्त ६ महिना

कहिले आँउला राजधानीमा मेलम्चीको पानी ? ठेकेदारलाई अतिरिक्त ६ महिना
काठमाडौं,भदौ २६ । भूकम्प र नाकाबन्दी कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिले ठेकेदारलाई अतिरिक्त ६ महिनाको सुविधा प्रदान गरेको खबर आजको कारोबारमा छापिएको छ। आयोजनाको मुख्य सुरुङ निर्माण गरिरहेको टेकेदारलाई सो अवधिको क्षतिपूर्ति स्वरुप एकमुष्ठ १८२ दिनको समय थप गरिएको हो। भूकम्प र नाकाबन्दीका कारण मेलम्चीको काम झन्डै १० महिनासम्म रोकिएका थियो । यस अवधिमा ठ...

भारत भ्रमणका एजेन्डाः ग्यास भण्डारण र पाइपलाइन

भारत भ्रमणका एजेन्डाः ग्यास भण्डारण र पाइपलाइन
काठमाडौं, भदौ २५ ।प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणक्रममा सरकारले ग्यास भण्डारणस्थल निर्माण र अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन क्षमता बढाउन भारत सरकारलाई आग्रह गर्ने भएको छ । नेपाल आयल निगमको स्वामित्वमा ग्यास भण्डारणस्थल नहुँदा सहजै ग्यास उपलब्ध गराउन कठिन भएपछि सरकारले प्रधानमन्त्री भ्रमणलाई त्यसका लागि उपयोग गर्ने तयारी थालेको छ । निजी उद्योगीले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट एलप...

ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा

ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा
काठमाडौं, भदौ २५ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ । व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको आजको राजधानीमा समाचार छ । संसदमा विधेयकमाथिको दफवार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बच...

विमानस्थल विस्तार आयोजनामा स्पेनी कम्पनीसँग ठेक्का सम्झौता तोडिने

विमानस्थल विस्तार आयोजनामा स्पेनी कम्पनीसँग ठेक्का सम्झौता तोडिने
काठमाडौं,भदौ २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलविस्तारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्ट्रोरा सान्जोसेसँगको ठेक्का सम्झौता तोडिने भएको छ । ठेकेदार कम्पनीले निर्धारित समयमा काम पूरा नगरी अनावश्यक सर्तहरु तेस्र्याउन थालेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सान्जोसँगको ठेक्का समझौता तोड्ने तयारी गरेको हो । सान्जोसेले हालसम्म १६ प्रतिशत मात्र काम समपन्न गरेको छ । गत मार्चमा काम सम्पन...

सहकारीद्वारा रु दुई अर्ब तीस करोड लगानी

सहकारीद्वारा रु दुई अर्ब तीस करोड लगानी
बाबियाचौर (म्याग्दी), भदौ २३ - जिल्लाका २१३ वटा सहकारी संस्थाले आव २०७२÷७३ मा रु दुई अर्ब ३० करोड १४ लाख लगानी गरेका छन् । सहकारीले व्यापार, कृषि, पशुपालन, जग्गा, साना उद्योगलगायतका क्षेत्रमा लगानी गरेको जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष जमुना आचार्यले बताउनुभयो । लगानीको ठूलो हिस्सा व्यापार, व्यवसायले ओगटेको छ । अधिकतम १८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने सहकारीले १४ प्रतिशतसम्म ब्याजमा बचत लिने ...