७ दिनमै दयाहङ राइको “बिर बिक्रम्” ले कमायो ३ करोड

७ दिनमै दयाहङ राइको “बिर बिक्रम्” ले कमायो ३ करोड
नेपाली कथानक चलचित्र ‘वीर विक्रम’ ले एक सातामा तीन करोड रुपैयाँ कमाएको छ । “बुधबार सम्मको रिपोर्ट अनुसार साढे दुई करोड उठिसकेको थियो,” ‘वीर विक्रम’ निर्माता तथा निर्देशक मिलन चाम्सले भने, “त्यस यता हिजो शनिबारसम्म तीन करोड उठिसकेको हुनुपर्छ ।” गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘वीर विक्रम’ हिजो शनिबार राजधानीका अधिकांश हलहरुमा हाउसफुल थियो । चलचित्र प्रदर्शनको सुरुआती तीन दिनमै करोड क्लवम...

बिजुली उत्पादन बढे पनि वितरण गर्नै समस्या

बिजुली उत्पादन बढे पनि वितरण गर्नै समस्या
काठमाडौं–काठमाडौं उपत्यकाभित्रको जीर्ण प्रणालीका कारण उपलव्ध विद्युतसमेत आयात गरिए वा स्वदेशकै आयोजनाबाट बढी विद्युत ल्याउनु परे पनि उपत्यकाको वर्तमान संरचनाले नधान्ने अवस्था देखिएको विद्युत प्राधिकरण स्रोतले जनाएको छ । मागको आधारमा आवश्यक वितरण प्रणाली सुधार नगर्दा प्राधिकरणको वर्तमान प्रणालीबाट थप विजुली वितरण गर्न कठिनाइ हुने देखिएको छ । आगमी हिउँदमा भारतबाट ढल्केबर मुज्जजफुफ्पुर अन्तरदे...

खिम्ती ढल्केबर प्रसारण लाइन चाँडै सम्पन्न हुने

खिम्ती ढल्केबर प्रसारण लाइन चाँडै सम्पन्न हुने
काठमाडौँ, १० भदौ । खिम्ती– ढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दसँै अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाउनुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका– ९ र भद्रकाली गाविसकोबीचमा तीन वटा ठाउँमा प्रसारण लाइन निर्माणका लागि हाल क...

बन्ला त १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना ?

बन्ला त १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना ?
भिक्टर पौडेल काठमाडौं, साउन ३२ –पछिल्लो तीन दशकदेखी निर्माणको चर्चा मात्रै बटुल्दै आएको वुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनालाई वर्तमान विद्युत संकट अन्त्य गर्ने दह्रिलो आयोजनाके रुपमा हेरिएको छ । ‘रन अफ दी रिभर’ ढाँचाका आयोजनाले हिउँदमा विद्युत संकट बढाउने र बर्षायाममा कम गर्ने बाहेक आम नागरिकले थप सुविधा दिएका छैनन् । १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलाशययुक्त जलवि...

टेलिकमलाई धरहरा निर्माणको जिम्मा

टेलिकमलाई धरहरा निर्माणको जिम्मा
काठमाडौं— सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ पुराक्तत्व विभागले यसको विस्तृत अध्ययन गरेर निर्माण खाका तगार गरेपछि औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरिने पुराक्तत्व विभाग स्रोतले जनायो। सरकारले गत वर्षको महाभुकम्पबाट ध्वस्त धरहरको भग्नावशेष नजिकै नयाँ धरहरा टावर निर्माण गर्ने निर्णय गरिसकेको छ। उक्त भूकम्पमा परी धरहरामा मात्रै ५० जनाभन्दा बढीको ज्यान गएको थियो।

विद्युत् महसुल ९१ करोड उठ्यो

विद्युत् महसुल ९१ करोड उठ्यो
पोखरा, २ भदौ । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले आव २०७२÷७३ को असार मसान्तसम्ममा रु ९१ करोड २४ लाख १३ हजार विद्युत् महसुल असुल गरेको छ ।   सो अवधिमा जरिवानाबाट रु दुई करोड ३५ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । विद्युत् मिटर रिडिङ भएको एक हप्ताभित्रै महसुल तिर्ने ग्राहकलाई केन्द्रले रु एक करोड ८९ लाख ८४ हजार छुट दिएको केन्द्रका सहायक लेखापाल द्रोणराज बरालले जानकारी दिनुभयो ...

सेयर बजार १७ अङ्कले उक्लियो

सेयर बजार १७ अङ्कले उक्लियो
काठमाडौँ, १ भदौ । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको सेयरको मूल्यमा आज केही बढोत्तरी भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से आज १७.४९ अङ्कले बढेर एक हजार ७३४.९४ विन्दुमा पुगेको छ । कुल १४५ कम्पनीको १६ लाख ९७ हजार ९१२ कित्ता सेयर रु एक अर्ब सात लाख पाँच हजार मूल्यमा कारोबार भएको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.६३ विन्दुले बढेको छ । आज विशेष गरी फाइनान्स...

स्याउमा आत्मनिर्भर बनाउन आयोजना

स्याउमा आत्मनिर्भर बनाउन आयोजना
काठमाडौँ, साउन ३२ – फलफूल विकास निर्देशनालय, कीर्तिपुरले मुलुकलाई स्याउमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्ने उद्देश्यले कर्णाली अञ्चलका जिल्लाका साथै अन्य हिमाली तीन जिल्लामा विभिन्न आयोजना सञ्चालन गरेको जनाएको छ । निर्देशनालयले कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटका साथै मनाङ, मुस्ताङ र रुकुमका कृषकलाई निःशुल्क बिरुवा तथा करौंती, सिगेचर, चुना, निलोतुथोलगायत अन्य आवश्यक सामग्रीमा...

नेपाली सेनाको मौज्दात रकम रु ३३ अर्ब छ करोड

नेपाली सेनाको मौज्दात रकम रु ३३ अर्ब छ करोड
 नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम रु ३३ अर्ब छ करोड पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम रु ३० अर्ब ३४ करोड ६६ लाख थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब ७१ करोड वृद्धि भएको छ । सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी रु ३७ अर्बको हाराहारीमा यथार्थ मौज्दात पुगेको छ । लेखा परीक्षण गर्नुअघि गएको अ...

पूर्वका १५ सहकारी खारेज

पूर्वका  १५ सहकारी खारेज
इलाम, २४ साउन । डिभिजन सहकारी कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङमा निष्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १५ सहकारी संस्थाको दर्ता खारेज गरेको छ । कार्यालयले इलामका ६, पाँचथरका ५ र ताप्लेजुङका ४ सहकारी संस्थाहरु खारेज गर्ने निर्णय गरेको हो । खारेजीमा पर्ने सहकारी संस्थामा कृषि, बहुउद्देश्यीय, बचत तथा विद्युत् रहेका छन् । विगत दुई आर्थिक वर्षदेखि आर्थिक कारोबारको विवरण तथा साधारणस...