पढाउने शिक्षक १४ जना, पढ्ने विद्यार्थी शून्य

पढाउने शिक्षक १४ जना, पढ्ने विद्यार्थी शून्य
काठमाडौं, कात्तिक ९—कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) भूगोल केन्द्रीय विभागमा १४ शिक्षक छन्। उनीहरूले पढाउने विद्यार्थी एक जना पनि छैनन्। घट्दै गएर विद्यार्थी भर्ना नै हुन छाडेपछि शिक्षकहरूको जागिर धरापमा परेको छ। यसअघि भर्ना भएका ६ जना विद्यार्थी परीक्षा दिएर थेसिस बुझाउने क्रममा छन्। नयाँ सत्रमा विद्यार्थी भर्ना हुन आउने/नआउने कुनै टुंगो छैन। त्रिविले ती शिक्षकलाई कुनै शोध–अनुसन्...

१० लाख ६७ हजार बालबालिका अझै विद्यालय बाहिर

१० लाख ६७ हजार बालबालिका अझै  विद्यालय बाहिर
काठमाडौं, कात्तिक ७ — कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका साढे १० लाख बालबालिका विद्यालयबाहिर छन् । शिक्षा विभागको तथ्यांकअनुसार कक्षा १० सम्मको अध्ययन गर्ने पाँचदेखि १४ वर्ष उमेर समूहका १० लाख ६७ हजार तीन सय १२ बालबालिका विद्यालयबाहिर छन् । शिक्षा विभागको सन् २०१५/०१६ को फ्ल्यास एक रिपोर्टअनुसार आधारभूत तह (कक्षा १–८) मा कुल पाँच लाख ४१ हजार पाँच सय ४२ बालबालिका विद्यालयबाहिर छन् । त्यसमा छ...

कक्षा १० मा एसईसी १२ मा एसएलसी

कक्षा १० मा एसईसी १२ मा एसएलसी
काठमाडौँ ,कात्तिक ६- कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामकरण गर्न सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रूपमा परिभाषित गर्ने भनी सरोकारवालासँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो । बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन सर्टिफिकेट) अर्थात् एसईसी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै कक्षा १२ मा माध्यमि...

मनोविज्ञान विषयको परीक्षाफल प्रकाशित

मनोविज्ञान विषयको परीक्षाफल प्रकाशित
काठमाडौं,कात्तिक ५ - त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख-जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित)को मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । रासस

कक्षा १० को परीक्षा लिने जिम्मा परीक्षा नियन्त्रण कार्यालयलाई

कक्षा १० को परीक्षा लिने जिम्मा परीक्षा नियन्त्रण कार्यालयलाई
काठमाडौं,कात्तिक ३ – कक्षा १० को अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परिक्षा सञ्चालका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो । तर, बोर्डको केन्द्रीय संरचनाले नै पूर्णता पाउन नपाएको तथा क्षेत्रीय कार्यालय स्थापना हुन नसकेकाले यस ...

‘अब सबै प्रदेशमा विश्वविद्यालय हुन्छ’- मन्त्री पौडेल

‘अब सबै प्रदेशमा विश्वविद्यालय हुन्छ’- मन्त्री पौडेल
चितवन,कात्तिक १ - शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन विधेयक संसद्मा लाने तयारी थालेको उहाँले बताउनुभयो । नेपाल पब्लिक क्याम्पस सङ्घले आज यहाँ आयोजना गरेको ‘पब्लिक विश्वविद्यालय स्थापना अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उच्च शिक्षा ऐनल...

शाखा अधिकृतको परीक्षाफल सार्वजनिक (सूचीसहित)

शाखा अधिकृतको परीक्षाफल सार्वजनिक (सूचीसहित)
काठमाडौं,असोज २१ – लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षाफल सार्वजनिक गरेको छ । सार्वजनिक नजिजा अनुसार खुला र समावेशी गरी ३८८ शाखा अधिकृत छनौट भएका छन । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

 सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

 सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने
काठमाडौं,असोज २० – आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताउनुभएको छ । अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका १८ बुँदे शैक्षिक सुधारको मार्गचित्रलाई पछ्याउँदै पद बहालीको ४२ औँ दिनमा मन्त्री पौडेल र राज्यमन्त्री धनमाया विकले आज कार्ययोजना सार्वज...

नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौं,असोज २० – लोकसेवा आयोगले नायव सुब्बा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीले गएको बैशाखमा संचालित परिक्षको नजिता विहिवार सार्वजनिक गरेको हो । बैशाख १८ गते संचालित लिखित परीक्षामा ७ हजार ५ सय ५१ जना सहभागी भएकामा ४ सय ३६ जना अन्तरवार्ताका लागि छानिएका छन् । लिखित परीक्षा पास गरेका उमेद्बारहरुको अन्तरवार्ता कात्तिक २५ गतेदेखि सुरु ग...

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार तीन देशका वैज्ञानिकलाई
काठमाडौं,असोज १९ – यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जेन पिरेर साभेग, सर जे फ्रासर स्टोडर्ट र वर्नार्ड एल फेरिङगालाई प्रदान गरिने भएको छ । विश्वकै सबैभन्दा सानो मेसिन विकास गरेबापत तीन जना बैज्ञानिकलाई प्रदान गरिने भएकोे हो । उनीहरुलाई संयुक्त रुपमा आणविक स्केलमा मेसिनको डिजाइन तथा संस्लेषण गरेका थिए । नोबेल पुरस्कार जित्ने साभेग फ्रान्सका हुन् भने स्टोडर्ट अमेरिका र फेरिङ्गा नेदरल्यान्ड...