शुक्रबार, फाल्गुण २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका छन् ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबारदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका हुन् ।
ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनक...