सिरियामा आईएसविरुद्धको कारबाहीमा १६ को मृत्यु

सिरियामा आईएसविरुद्धको कारबाहीमा १६ को मृत्यु
बेरुत, २ भदौ । सिरियाको प्रान्तीय राजधानी राकामा इस्लामिक स्टेट्स समूहलाई लक्ष्यगरी बिहीबार गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि १६ जना सर्वधारण मारिएका छन् । सिरियामा शान्तिवार्ताको कुनै सम्भावना नदेखिँदा केही दिनयता पुनः सिरियाली सैनिकले आईएसका विरुद्ध भन्दै स्थलगत तथा हवाई कारबाही थालेको छ । पछिल्लो समयमा सिरियाली सेनाले कारबाहीलाई सशक्त बनाएको छ । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्य...

क्यालिफोर्नियामा विशाल डढेलो, असी हजार विस्थापित

क्यालिफोर्नियामा विशाल डढेलो, असी हजार विस्थापित
लस एन्जेल्स (अमेरिका), १ भदौ । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा लागेको डढेलोका कारण ८० हजार स्थानीयवासी घर छोडी सुरक्षित स्थानमा भाग्न बाध्य भएका छन् । जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन् । इन्टरस्टेट १५ को काजोन पासबाट सानो रुपमा स्थानीय समयअनुसार मङ्ग...