प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना
काठमाडौं,असोज ७ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१औँ जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्वीट गर्दै उनलाई सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् । नेपाली साहित्यका अथक साधक घिमिरेका करिब एक दर्जन कृति प्रकाशित छन् । कवि, गीतकार उनी थुप्रै पुरस्कारबाट सम्मानित भइसकेका छन् । ‘नेपाली वाङ्मयले अझै लामो समय ...

‘तिमी क्रिया, म प्रतिक्रिया; तिमी कथा, म प्रतिकथा; तिमी कथन, म प्रतिकथन’

‘तिमी क्रिया, म प्रतिक्रिया; तिमी कथा, म प्रतिकथा; तिमी कथन, म प्रतिकथन’
सर नमस्कार ! जसरी कुनै विद्यार्थीका लागि सबै शिक्षक बराबर हुँदैनन्, त्यसैगरी कुनै शिक्षकका लागि पनि सबै विद्यार्थी बराबर हुँदैनन् । त्यसैले होला, मेरा लागि तपाईं बराबर अरु शिक्षक भएनन्; तपाईंका लागि पनि म बराबर अरु विद्यार्थी भएनन् । एक दिन तपाईंले भन्नुभयो, “तिम्रो उमेर फुल्दै छ, ऋतु ।” मैले विपर्याय भावमा भनें, “मेरी हजुरआमाको कपाल फुल्दै छ, सर ।” तपाईंले बुझाउनुभयो, “उमेर फुल्नु र फ...

युवा वर्ष मोति पुरस्कार शंकर चापागाईं र फूलमान बललाई

युवा वर्ष मोति पुरस्कार शंकर चापागाईं र फूलमान बललाई
काठमाडौं - विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शंकर चापागाईं (धनकुटे कान्छा झापा) र फूलमान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ । पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज...

जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई,मदन पुरस्कार ‘रणहार’लाई

जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई,मदन पुरस्कार ‘रणहार’लाई
काठमाडौं - यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो । त्यसैगरी यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजले पाउने भएका छन् ।

मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं, साउन ३०- वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो ।नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो ।स्व. दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । उनीप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशक...

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन
काठमाडौं, साउन ३०- वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। उनको जन्म १९७...

लिगललाई सामूहिक अभिनन्दन

लिगललाई सामूहिक अभिनन्दन
काठमाडौं – हिपत मासिक पत्रिकाको छैठौ वार्षिकोत्सव विचार गोष्ठी तथा अभिनन्दन कार्यक्रमबाट साहित्यकार गंगा लिगल सम्मानित भएकी छिन । शुक्रवार आयोजित कार्यक्रमका बीच प्रमुख अतिथी पूर्व मन्त्री शान्ता मानवी र सभापति समाजसेवी पशुपति गुरूङले अभिनन्दन गरेका हुन । कार्यक्रममा समाजसेवी हेमन्तकुमार कार्की, राम तामाङ, श्याम बराल, भगवती जोशी, राजेश मानन्धर र स्थापनाकालदेखि पत्रिकामा योगदान गर्ने एलोन बि.क.लाई ...

अनेसासको छैटौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

अनेसासको छैटौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन  सम्पन्न
काठमाडौं - बेलायत घोषणा पत्र जारी गर्दै नेपाली भाषा साहित्यको कुम्भमेला अर्थात अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०१९ बेलायतमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)  केन्द्रिय समिती तथा बेलायत च्याप्टरको आयोजनामा अगष्ट ३ देखि ५ तारिख सम्म बेलायतमा भएको नेपाली भाषा साहित्यको ‘कुम्भमेला’ सम्पन्न भएको हो । कार्यक्रममा महामहिम राजदुत दुर्गा बहादुर क्षेत्री ,विशेष अतिथी डा ...

नेपाली भाषा साहित्यको ‘कुम्भमेला’ बेलायत हुँदै 

नेपाली भाषा साहित्यको ‘कुम्भमेला’ बेलायत हुँदै 
काठमाडौं - नेपाली भाषा साहित्यको कुम्भमेला अर्थात अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन २०१९ पटक बेलायत हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समिती तथा बेलायत च्याप्टरको आयोजनामा हुन लागेको छैटौं अन्तर्राष्ट्रिय सम्मेलन आउँदो अगष्ट ३ देखि ५ तारिख सम्म बेलायतमा सम्पन्न हुन लागेको हो । विश्वब्यापी रूपमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा...

आज भानुजयन्ती

आज भानुजयन्ती
काठमाडौं, असार २९ – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती आइतबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री...