यातायातका थप तीन कार्यालय खुल्दै

यातायातका थप तीन कार्यालय खुल्दै
काठमाडौं–उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ । बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष...

गुण्डाको चलखेल

गुण्डाको चलखेल
काठमाडौं, भदौ  ७-। पछिल्ला केही वर्ष राजधानीमा डनहरुलाई प्रहरीले भागाभाग गराउँदै आएको थियो । रमेश खरेल, पुष्कर कार्की, सर्वेन्द्र खनाल जस्ता प्रहरी अधिकारीले गुन्डा समाप्त पार्ने अभियान नै सुरु गरे । कार्कीको पालामा चरी मरे भने खनालको पालामा घैंटे मारिए । केही जेलमा कोचिएका छन् त केही विदेशमा भागेका छन् । गुण्डागर्दीबाट आक्रान्त राजधानीका धेरै व्यवसायीहरुलाई राहत भयो । तर, फेरी गुन्डाहरुले धम्क्या...

सेनामा महिलाको नयाँ इतिहास

सेनामा महिलाको नयाँ इतिहास
काठमाडौं, भदौ ७ – करिब २ हजार वर्ष पुरानो नेपाली सेनाको इतिहासमा नयाँ अध्याय थपिएको छ । नेपाली सनामा पहिलोपटक गैरप्राविधिक सेवामा महिलाहरु मेजर पदसम्म पुगेका छन् । इन्फ्रिन्ट्री (सामान्य सेवा) तर्फ पलिोपटक महिलाहरु दुई साताअघि मेजरमा बढुवा भएका छन् । सेनाले २०६१ सालदेखि मात्र महिलालाई अधिकृत तहमा भर्ना लिन थालेको हो । ४६ को बेसिकमा पहिलोपटक भर्ना भएका महिला ११ वर्षमा मेजर पदमा पुगे...

‘जिओलाइट’ प्रविधि जडान गरिने

‘जिओलाइट’ प्रविधि जडान गरिने
कञ्चनपुर, भदौ-७ । खानेपानीमा चुनाको समस्या हटाउनका लागि कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरमा रहेको खानेपानीमा ‘जिओलाइट’ प्रविधि जडान गरिने भएको छ । चुनाका कारण खानेपानीका पाइपहरु अवरुद्धभई खानेपानी आपूर्तिमा समस्या देखिन थालेपछि एसियाली विकास बैंकको रु तीन करोड ९५ लाखको लागतमा उक्त प्रविधि जडान गरिन लागेको हो । चन्द एन्ड बसन्त कन्ट्रक्सन र लुम्बिनी बिल्डर्स कम्पनीसँग ठेक्का प्रक्रियामार्फ...

नागरिक जिम्मेवार नभए विकास असम्भव पूर्व मुख्यसचिव पौडेल

नागरिक जिम्मेवार नभए  विकास असम्भव  पूर्व मुख्यसचिव पौडेल
तुलसीपुर(दाङ), भदौ-७। नेपाल सरकारका पूर्व मुख्य सचिव एव वाग्मती सरसरफाईका अभियन्ता लिलामणि पौडेलले सचेत र जिम्मेवार नागरिक नभएको देशको विकास असम्भव हुने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार तुलसीपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपाली जनताको सोच सरकारमुखी भएका कारण कुनै पनि क्षेत्रको सोचेजति विकास हुन नसकेको भन्दै पौडेलले जनता नउठ्दास...

प्रेस सेन्टर सप्तरीको अध्यक्षमा विश्वकर्मा

प्रेस सेन्टर सप्तरीको अध्यक्षमा विश्वकर्मा
राजविराज, भदौ-७ । प्रेस सेन्टर नेपाल सप्तरीको सोमवार राजविराजमा सम्पन्न एकता भेला तथा जिल्ला अधिवेशनले राजु विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षहरुमा अरुण कुमार तिवारी, दिपेन्द्रप्रसाद यादव, कमानन्द माझी, श्यामसुन्दर यादव, सचिवमा विद्यानन्द राम, सहसचिव ओमप्रकाश यादव र कोषाध्यक्षमा ऋषिकेश आचार्यलाई चयन गरेको छ । समितिको सदस्यमा रामनाथ याद...

गोली हानी हत्या गर्ने पक्राउ

गोली हानी हत्या गर्ने पक्राउ
तुलसीपुर (दाङ), भदौ-६ । प्रहरीले गढवामा दुई व्यक्तिको गोली हानी हत्या गरेर फरार रहेका खबरीका ४५ वर्षीय कर्णबहादुर पुनलाई कोइलावास जङ्गलबाट आज साँझ पक्राउ गरेको छ । अभियुक्त पुनले रिसइबीका कारण गए राति तीजको नाच हेरेर घर फर्कने क्रममा रहेका सोही ठाउँका ३२ वर्षीय कालु रोका र ३५ वर्षीय राजु रोकालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै फरार रहेका पुनलाई स्थानीय बासिन्दाको सहयोगमा पक्रा...

नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा छलफल

नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा छलफल
काठमाडौँ, भदौ-६ । नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि श्रीलङ्काका नवनियुक्त राजदूत डब्लुएस परेराको सम्मानमा आज यहाँ नेपाल–श्रीलङ्काबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा छलफल कार्यक्रम आयोजना ग¥यो । सो अवसरमा राजदूत परेराले नेपाल र श्रीलङ्काबीच आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्न आफू सदा तत्पर रहने बताउँदै दुई देशबीच आर्थिक सामाजिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण...

लालपुर्जा नहुने भूकम्पपीडितको समस्या समाधान गर्न माग

लालपुर्जा नहुने भूकम्पपीडितको समस्या समाधान गर्न माग
त्रिशूली(नुवाकोट), भदौ-६ । रसुवाका भूकम्पपीडितले लालपुर्जा नभएका कारण घर निर्माण अनुदान सम्झौता नभएकाले सम्झौता गर्न र विस्थापितलाई पुनःस्थापित गराउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयको ध्यानाकर्षण गराएका छन् । नुवाकोट र रसुवाका लागि स्थापित प्राधिकरणको उपक्षेत्रीय कार्यालय सदरमुकाम विदुरमा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल रसुवा शाखाको नेतृत्वमा आएका भूकम्पपीडितले आज ज्ञापनपत्...

गर्भवती महिलाको मृत्यु

गर्भवती महिलाको मृत्यु
रोल्पा, ४ भदौ । अत्यधिक रक्तस्रावका कारण पश्चिम रोल्पाको तालाबाङ्मा शनिबार एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ । तालाबाङ–८ बुढागाउँकी सुकु घर्तीमगरलाई प्रशव बेथा लागेपछि स्वास्थ्य चौकी तालाबाङ पु¥याइएको थियो । अत्यधिक रक्तस्राव हुँदा स्वास्थ्य चौकीमै उनको मृत्यु भएको हो । तर उनले जन्म दिएको बच्चा भने जिवित रहेको बताइएको छ । मृतक घर्तीले गर्भवती भएपश्चात् चारपटकसम्म स्वास्थ्य संस्थाम...