राजनीति Archives - Page 525 of 559 - Recent Nepal News

तराई झरे कांग्रेस नेता पौडेल

तराई झरे कांग्रेस नेता पौडेल
हेटौंडा,मंसिर २ -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको कार्यमा नेपाली कांग्रेस अग्रसरता लिने बताउनुभएको छ । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफू तराईका जनतामा रहेको नैराश्यता हटाउन र मौलिक अधिकारबारे उनीहरुलाई जानकारी दिन आजदेखि मध्यतराईको भ्रमणमा निस्केको बताउनुभयो । वरिष्ठ नेता पौडेलले आफ्नो दलले मधेसवादी लगायतका दलहरुसँग समझदारी बनाएर संव...

संविधान संशोधनमा तीन दल सहमति नजिक

संविधान संशोधनमा तीन दल सहमति नजिक
काठमाडौं,मंसिर २ – संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका छन् । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा संविधान संशोधनका बारेमा विषय केन्द्रित भएर छलफल अगाडि बढाउने सहमति भएको हो । तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी ...

नयाँशक्ति र फोरमबीच एकताको गृहकार्य अन्तिम अवस्थामा

नयाँशक्ति र फोरमबीच एकताको गृहकार्य अन्तिम अवस्थामा
काठमाडौं,मंसिर २ – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीचको एकताको प्रयास भईरहेको छ । यी दुई पार्टीबीच एकताको हल्ला चलेपनि उच्च स्रोतका अनुसार एकताका लागी दुबै पार्टीका गृहकार्य अन्तिम अवस्थामा पुगिसकेको बताईएको छ । केहीसमय अघि उपेन्द्र नेतृत्वको फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबिच एकता भएको थियो । तर एकताकाबारेमा स्वतन्त्र पुष्ट...

राष्ट्रिय जनमुक्ति पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनमुक्ति पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं,मंसिर १ – राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । राष्ट्रिय जनमुक्ति पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ताबुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ दलिय मोर्चाबाट बाहिरिएसँगै सरकारलाई दिएको सर्मथन फिर्ता लिएको जानकारी गराएको हो । राष्ट्रिय मुद्धा लिएर निरन्तर जनताकोबीचमा उभिने पार्टीका मागहरूलाई बुझ्ने समय प्रधानमन्त्रीसँग नभएको र नदिएको भन्दै पा...

नेपाल तरुण दलमा भागवण्डा मिल्यो,सभापतिमा जीतजंग बस्नेत

नेपाल तरुण दलमा भागवण्डा मिल्यो,सभापतिमा जीतजंग बस्नेत
काठमाडौं,कात्तिक ३० – नेपाली कांग्रेसको तीन समूहबीच नेपाल तरुण दलको पदीय भागवण्डा मिलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्ष आफूले राखेपनि कृष्ण सिटौला समूहलाई उपाध्यक्ष र रामचन्द्र पौडेल समूहलाई महासचिव पद लिएपछि भागवण्डा मिलेको हो । भागबण्डा मिलेपछि सभापति पदमा जीतजंग बस्नेत निर्विरोध चुनिएका छन्। सबै पदाधिकारीको नाम अपरान्ह ४ बजेसम्ममा सार्वजनिक गरिनेछ।

राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते पार्टी एकीकरण हुने

राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते पार्टी एकीकरण हुने
माघभित्र महाधिवेशन हुने काठमाडौं, कात्तिक ३०—कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) र पशुपतिशम्शेर राणाको राप्रपाबीच मंसिर ६ गते पार्टी एकीकरण हुने भएको छ । पार्टी एकीकरणपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहने सहमती भएको छ । मंगलबार बसेको राप्रपा र राप्रपा नेपालको संयुक्त पदाधिकारी बैठकमा पार्टी एकताको सहमति भएको छ । साथै दुबै पार्टीका...

एमालेले संविधान संशोधन मस्यौदा अस्वीकार गर्ने

एमालेले संविधान संशोधन मस्यौदा अस्वीकार गर्ने
काठमाडौं, कात्तिक ३०—प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि सारेको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेको भन्दै अस्वीकार गरेको छ । तराईबाट पहाड अलग गर्ने र अंगीकृत नागरिक पनि संवैधानिक पदमा योग्य हुने गरी सरकारले ल्याएको संविधान संशोधन मस्यौदा राष्ट्रघाती भएको ठहर गर्दै अस्वीकार गर्ने निष्कर्षमा एमाले पुगेको हो । सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा...

कार्कीको पक्षमा पुरानो शक्ति, महाअभियोग प्रस्ताव खारेजको माग गर्दै सडकमा

कार्कीको पक्षमा पुरानो शक्ति, महाअभियोग प्रस्ताव खारेजको माग गर्दै सडकमा
काठमाडौं, कात्तिक २९ -अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमान सिंह कार्कीेविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल भइरहेका बेला पुरानो शक्ति नेपालले उनको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । पुरानो शक्ति नेपालका संयोजक अधिवक्त बालकृष्ण न्यौपानेले नेताहरुले आफूलाई कारबाही हुने डरले कार्की विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै सो प्रस्ताव खारेज गर्नुपर्ने बताएका छन् ।...

संविधान संशोधन विधेयक दर्ता गर्न प्रचण्डलाई थप १५ दिने म्याद

संविधान संशोधन विधेयक दर्ता गर्न प्रचण्डलाई थप १५ दिने म्याद
काठमाडौं,कात्तिक २९ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेशी गठबन्धनको आग्रह बमोजिम आगामी पन्ध्र दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गरिने बताएका छन् । उपेन्द्र यादव नेतृत्वको गठवन्धनले सोमबार विहान सिंहदरवार पुगेर प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाएपछि प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले गठबन्धनको स्मरणपत्रलाई आफूले सकारात्मक रुपमा लिएको वताउँदै जायज माग पूरा गर्न आवश्यक...

कोइरालालाई पचास लाख दिइएकामा सांसदको आपत्ति

कोइरालालाई पचास लाख दिइएकामा सांसदको आपत्ति
काठमाडौं,कात्तिक २९ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट रु ५० लाख सहयोग दिइएकामा आपत्ति जनाएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताउनुभयो । उहाँले भन्नु...