थपिँदै माओवादीका ५ मन्त्री दिउँसो तीन बजे सपथ ग्रहण हुने

थपिँदै माओवादीका ५ मन्त्री दिउँसो तीन बजे सपथ ग्रहण हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका पाँच मन्त्री लिएर आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन्। राम कार्की,जनार्दन शर्मा, हितराज पाण्डे, डिआर पौडेल र अजयशंकर नायकले माओवादबादी कोटाबाट मन्त्रीका रुपमा सपथ खाँदै छन्। सपथग्रहण राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजे हुने भएको छ। कार्कीले सञ्चार,शर्माले उर्जा ,पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त...

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा…

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा…
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले पूर्वसहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ। राजधानी दैनिकमा समाचार छ।   संविधान संशोधनमार्फत सीमांकनसहितका आफ्ना माग पूरा नगरे सरकारलार्इ दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धनले दिएको हो।    सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक म...

ओलीले आफ्नो सरकार आफैले ढाले; गौतम। 

ओलीले आफ्नो सरकार आफैले ढाले; गौतम। 
काठमाडौं, साउन २९ । एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले अध्यक्ष केपी ओलीको हठको कारण एमाले–माओवादी गठबन्धनमा दरार आएको बताएका छन् । माओवादीसंग भएको भद्र सहमति अनुसार ओली चलेको भए अहिले एमाले सरकारबाट बाहिरीनु नपर्ने उनले तर्क गरे । प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रमा बोल्दै गौतमले भने– ‘आलोपालो सरकारको नेतृत्व हुन्थ्यो । मैले अन्तिमसम्म प्रयास गरें तर, पार्टी अध्यक्षले मान्नुभएन...

गच्छदारले भने सरकारलाई रचनात्मक सहयोग गर्छौँ

गच्छदारले भने सरकारलाई रचनात्मक सहयोग गर्छौँ
विराटनगर, २९ साउन । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो पत्रकारसँग कुरा गर्दै उहाँले मधेसी, आदिवासी जनजाति र थारू लगायतको अधिकारका लागि संविधान संशोधन र कार्यान्वयनका लागि सरकारलाई रचनात्मक सहयोग गरिने स्पष्ट पार्नुभयो । संविधान संशोधन र कार्यान्वयनका लागि फो...

कुनैपनि बेला आन्दोलन हुनसक्छ, तयार रहनु; के.पी ओली

कुनैपनि बेला आन्दोलन हुनसक्छ, तयार रहनु; के.पी ओली
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै भिषण आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । नेकपा एमालेको केन्द्रीय पार्...

ओलीद्वारा जाँदाजाँदै कार्यकर्तालाई २७ लाख

ओलीद्वारा जाँदाजाँदै कार्यकर्तालाई २७ लाख
काठमाडौं- नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कामचलाउ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले जाँदाजाँदै आफ्ना कार्यकर्तालाई व्यक्तिगत रूपमा २७ लाख रुपियाँ बाँडेको पाइएको छ। साथसाथै प्रतिष्ठान र संस्थानमा राजनीतिक नियुक्तिसमेत गरेको भेटिएको छ। साउन ७ र १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयमार्फत नेकपा एमालेका केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई मनलागी पैसा बाँडेको हो। भूकम्पपी...

निर्वाचन मुखले बोलेर हुने होइन ः डा यादव

निर्वाचन मुखले बोलेर हुने होइन ः डा यादव
काठमाडौँ, २५ साउन । निर्वाचन आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा नल्याउँदासम्म स्थानीय तहको निर्वाचन गर्न नसकिने जनाएको छ । “स्थानीय निकायका सङ्ख्या, नामाङ्कन, सीमाङ्कन नटुङ्ग्याई स्थानीय निकायको निर्वाचन गर्न सकिँदैन, निर्वाचन मुखले बोलेर हुने होइन, यसका लागि आवश्यक पूर्वाधार तयार गर्...

सप्तरीबासी भन्छन्- भारतसँग नझुक्ने हामी नेपाली हौं, नेपाली रहन्छौं ! काठमाडौंलाई प्रश्न- ‘तपाईहरु भारतको एस म्यान हो ?’

सप्तरीबासी भन्छन्- भारतसँग नझुक्ने हामी नेपाली हौं, नेपाली रहन्छौं ! काठमाडौंलाई प्रश्न- ‘तपाईहरु भारतको एस म्यान हो ?’
१४ साउन, सप्तरी । सप्तरीको तिलाठी गाविसमा विहीबार भारतीय पक्षको लाठी प्रहारबाट पूर्वजिविस सदस्य देवनारायण यादवसहित १० नेपाली घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ । अनलाइनखबरकर्मीले उनीहरुलाई भेट्दा भारतीय थिचोमिचो सहँदै आए पनि सरकारले वास्ता नगरेको बताए । आफूहरुले दशकौंसम्म भारतसँग भिडेर सीमाको रक्षा गरिरहेको उनीहरुले बताए । यति हुँदा पनि सरकारले सहयोग नगरेको र उल्टै सरकारले मधेसीहरुलाई ‘भारत...