कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, २८ वर्षपछि उपाधिको खडेरी तोडियो

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, २८ वर्षपछि उपाधिको खडेरी तोडियो
काठमाडौं  । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो । खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् । योसँगै विश्व फुटबलका सु...

आईसीसी बरियता: सन्दीप ७६औँ स्थानमा, कुशल र ज्ञानेन्द्रको सुधार

आईसीसी बरियता: सन्दीप ७६औँ स्थानमा, कुशल र ज्ञानेन्द्रको सुधार
काठमाडौं  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० क्रिकेटको नयाँ बरियता जारी गरेको छ । नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए । बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पार...

विश्वकप छनोट खेल: नेपाल अष्ट्रेलियासँग भिडदै

विश्वकप छनोट खेल:  नेपाल अष्ट्रेलियासँग भिडदै
काठमाडौं । फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे कुवेतमा हुने छ। विश्वकप छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिसकेको नेपाल एसिया कप छनोटको तेस्रो चरणमा सोझै प्रवेश गर्ने गणितीय सम्भावना मात्र बाँकी छ। एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियाविरुद्धको जितले मात्र एसियन कप छनोटको तेस्रो चरणमा पुग...

नेदरल्यान्ड्सलाई हराउँदै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

नेदरल्यान्ड्सलाई हराउँदै नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि
काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले ...

त्रिदेशीय कप टी-२०: कुशल र आसिफको उत्कृष्ट ब्याटिङले नेपालको शानदार जित

त्रिदेशीय कप टी-२०: कुशल र आसिफको उत्कृष्ट ब्याटिङले नेपालको शानदार जित
काठमाडौं । त्रिदेशीय कप टी-२० सिरिजमा नेपालले विजयी शुरूवात गरेको छ। ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङले नेपालले शानदार जित निकालेको हो । कुशल र आसिफको कीर्तिमानी अर्धशतक र साझदोरीको मदतमा नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले नटआउट ५४ रन जोडे। उनले...

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो
काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २–१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रियलको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडका लागि करिम बेन्जामा र टोनी क्रुजले एक एक गोल गरेका थिए । बेन्जामाले खेलको १३औ मिनेटमा गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए हने क्रुजले खेलको २८औ मिनेटमा दोस्रो गोल गरेका ...

त्रिदेशीय उपाधि विजेता खेलाडीलाई जनही एक लाख दिने एन्फाको घोषणा

त्रिदेशीय उपाधि विजेता खेलाडीलाई जनही एक लाख  दिने एन्फाको घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय अन्तर्राष्ट्रिय कप विजेता नेपाली राष्ट्रिय टोलीका सदस्यहरूलाई जनही एक-एक लाख दिने घोषणा गरेको छ। प्रतियोगिताको पुरस्कार राशि विजेतालाई पाँच हजार र उपविजेतालाई तीन हजार अमेरिकी डलर रहेको थियो। नेपाल, बङ्गलादेश र कीर्गिस्तानको ओलम्पिक टिम सहभागी रहेको त्रिदेशीय कपको फाइनलमा नेपालले बङ्गलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो।

विराजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

विराजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन्। विराजले त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुद्धको खेलबाट सन्यास घोषणा गरेका हुन्। आजको खेलमा ८९ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदान प्रवेश गरेका थिए। खेल सकिएपछि विराजलाई काँधमा बोकेर खेलाडीले मैदान परिक्रमा गराएका थिए। फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केप...

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई,बंगलादेश २–१ ले पराजित

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई,बंगलादेश २–१ ले पराजित
काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार साँझ दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे...

नेपाल कीर्गिस्तानसँग बराबरीमा रोकियो

नेपाल कीर्गिस्तानसँग बराबरीमा रोकियो
काठमाडौं । नेपालले १० खेलाडीमा सीमित कीर्गिस्तान–२३ टीमसँग गोलरहित बराबरी रोकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । तासिएब कामोलिदिनले ६७ औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गरेपछि कीर्गिस्तान दश खेलाडीमा सीमित भएको थियो तर नेपालले त्यसको फाइदा उठाउन सकेन। नेपाललाई फाइनलमा स्थान बनाउन शनिबार बंगलादेशविरुद्धको दोस्रो खेल कम्तीमा बराबरी गर्...