खेलकुद Archives - Page 241 of 253 - Recent Nepal News

थ्रीस्टार र ओयल इन्डियाबीच आज प्रतिष्पर्धा हुँदै

थ्रीस्टार र ओयल इन्डियाबीच आज प्रतिष्पर्धा हुँदै
काठमाडौँ, असोज ७— भारतको गुवाहटीमा जारी ६४ औं संस्करणको बोर्डोलोई ट्रफीको दोस्रो खेलमा शुक्रबार रुस्लान थ्रीस्टार क्लबले भारतको ओयल इन्डिया फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।समुह ए को समूहचरण अन्तर्गतको थ्री स्टार र ओयल इन्डियाबिचको खेल गुवाहाटीको नेहरु स्टेडियममा साझ ७ बजे सूरु हुनेछ । ओयल इन्डियाबिरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक...

उपाधिका दावेदार दुई क्लब बराबरीमा रोकिए,उपाधि होड रोमाञ्चक

उपाधिका दावेदार दुई क्लब बराबरीमा रोकिए,उपाधि होड रोमाञ्चक
काठमाडौं,असोज ६ - काठमाडौमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा उपाधिका दावेदारदुई क्लब रानीपोखरी कर्नर टिम आरसीटी र न्युरोट टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । बराबरी खेलेसँगै ९ खेलबाट १९ अंक जोडेको एनआरटी अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलबाट १७ अंक जोडेको आरसीटी चौंथो स्थानमा छ । समा...

४६औँ थाक खेलकुद:निर्मल स्पोर्टिङलाई मिश्रीत सफलता

४६औँ थाक खेलकुद:निर्मल स्पोर्टिङलाई मिश्रीत सफलता
मुस्ताङ,असोज ६ - निर्मल स्पोर्टिङ क्लब लेतेले मुस्ताङको कोबाङमा जारी ४६औँे थाक खेलकुद महोत्वसव अन्र्तगत दोश्रा दिन भएको पुरुष भलिबलको खेलमा मिश्रीत सफलता हात पारेको छ । निर्मल स्पोर्टिङ क्लबले पहिलो खेलमा मिलिजुली युवा क्लब,मार्फालाई ३–० को सोझो सेटमा हराउदा दोश्रो खेल भने जोमसोमसग ३–२ ले गुमायो । निर्मल स्पोर्टिङले मिलिजुली युवा क्लब मार्फामाथी २५–२१,२७–२५ र २५–१० को सहज जित निकाल्यो । दोस्रो खेल...

अन्तरकलेज छात्र फुटसल:सीसीआरसीको दोहोरो जित

अन्तरकलेज छात्र फुटसल:सीसीआरसीको दोहोरो जित
काठमाडौं, असोज ६  -  क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले दोश्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । बानेश्वर फुटसलमा भएको खेलमा सीसीआरसीले ताहचल क्याम्पसलाई ४–१ ले पराजित ग¥यो । अर्को खेलमा सीसीआरसीले नेपाल कमर्स क्याम्पसलाई हरायो । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा लालीगुराँस...

एक्ससेल्सियर र रिब्स सेमिफाइनलमा

एक्ससेल्सियर र रिब्स सेमिफाइनलमा
काठमाडौं, असोज ६ - द एक्सेल्सियर स्कुल र रिब्स प्रथम होलीभिजन कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । होलीभिजन स्कुलद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा एक्सेल्सियरले आईडियल मोडेललाई ४–० गोलअन्तरले पराजित ग¥यो । चारै गोल धीरजबाट सम्भव भयो । न्यु जेनिथ विरुद्धको खेलमा रिब्स ‘क्वाइन टस’ मा भाग्यमानी ठहरियो । निर्धारित समयको खेल १–१ तथा टाइब्रेकर २–२ को...

याम र दिलमायालाई दोहोरो स्वर्ण

याम र दिलमायालाई दोहोरो स्वर्ण
काठमाडौं, असोज ६- जाजरकोटका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी दिलमाया कार्कीले चौथो गोल्डेन स्प्रिन्ट मिटमा बिहीबार दोहोरो स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगतामा यामले पुरुष १ सय र २ सय मिटर दौडमा स्वर्ण जिते । १ सय मिटर दूरी यामले १०.५ सेकेन्डमा पूरा गरे । भारतका सिद्धान्त बोरारा दोश्रो तथा ललितपुरका आशिष खत्री तेश्रो भए । २ सय मिटर दूरी पार गर्न याम...

ओलम्पिकमा नेपालको खर्च १ करोड १६ लाख

ओलम्पिकमा नेपालको खर्च १ करोड १६ लाख
काठमाडौं, असोज ६ — ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ।तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको छ । २९ सदस्यीय नेपाली टोली रियो ओलम्पिकमा सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँच...

एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा मेस्सी घाइते, तीन साता मैदान बाहिर रहने

एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा मेस्सी घाइते, तीन साता मैदान बाहिर रहने
काठमाडौं, असोज ६ –लियोनल मेस्सी स्पेनिस लालिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । मेस्सी अब केही हप्ता मैदान बाहिर रहने भएका छन् । करिब तीन साता मैदान बाहिर रहने त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेलेका थि...

‘बी’ डिभिजन लिग :सामाजिक र नयाँबस्ती विजयी

‘बी’ डिभिजन लिग :सामाजिक र नयाँबस्ती विजयी
काठमाडौं,असोज ५ - काठमाडौंमा जारी सहिद स्मारक बि–डिभिजन लिग फुटबलमा बुधबारका भएको खेलमा नयाँबस्ती युथ क्लब र सामाजिक युथ क्लब विजयी भएका छन् । सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिकले बाँसबारीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सामाजिकको जितमा भुवन बस्नेत, सुरेश खत्री र सुबास तामाङले समान १–१ गोल गरे । बाँसबारीका सुनिल बिके र बिनोद गुरुङले १–१ गोल गरे । यस्तै सशस्त्र प्रहरीको मैदा...

४६औँ थाक खेलकुद:ताग्लुङ र जोमसोमको विजयी शुरुवात

४६औँ थाक खेलकुद:ताग्लुङ र जोमसोमको विजयी शुरुवात
मुस्ताङ,असोज ५ -हिमाल पारीको जिल्ला मुस्ताङको कोबाङमा ४६औँ संस्करणको थाक खेलकुद महोत्वसव बुधबारबाट सुरु भएको छ । महोत्सव अन्तरर्गत भएको पुरुष भलिबलको उद्घाटन खेलमा ताग्लुङले कोबाङलाई ३–२ को सेटले पराजित ग¥यो । ताग्लुङले रोमाञ्चक जित निकाल्ने क्रममा पहिलो दुई सेट २१–२५ र २१–२५ ले गुमाएको थियो । कोबाङको जितका लागि एक सेट आवश्यक परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै ताग्लुङले अन्तिम तीन सेटमा २५–१३,...