अन्तरविद्यालय छात्रा बास्केटबल : ग्रिनविचलाई उपाधि

अन्तरविद्यालय छात्रा बास्केटबल : ग्रिनविचलाई उपाधि
काठमाडौं,भदौ २७ । ग्रिनविच एकेडेमीले प्रथम फेका कप अन्तरविद्यालय छात्रा बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । पेप्सीकोलामा भएको फाइनलमा ग्रिनविचले मानाङ्क इङलिस स्कुलाई २८–९ ले पराजित ग¥यो । शिक्षालय नेपालले तेश्रो स्थानमा चित्त बुझायो । विजेतालाई सांसद मोहनकुमार राईले एक कार्यक्रमबीच पुरस्कृत गरे । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) र मानाङ्कद्वारा संयुक्त आयोजित चारदि...

खेलकुद सचिव मैनालीको बिदाइ

खेलकुद सचिव मैनालीको बिदाइ
काठमाडौं, भदौ २७ । युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएका सचिव लक्ष्मणप्रसाद मैनालीलाई सोमबार बिदाइ गरिएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मैनालीलाई खेलकुद मन्त्री दलजीत विके श्रीपाली, सह–सचिव चूडामणि पौडेललगायतका कर्मचारीले मैनालीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सो अवसरमा मन्त्री श्रीपालीले सचिव मैनालीलाई मायाको चिनो प्रदान गरेका थिए । भदौ २६ गतेको मन्...

चेल्सीको विजयी यात्रा रोकियो

चेल्सीको विजयी यात्रा रोकियो
काठमाडौं, भदौ २७ – इंग्लिस प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा कायमै रहेको छ । यद्यपी अघिल्ला तीन खेल जितेको चेल्सी आइतबार राति स्वान्सी सिटीसँग भने २–२ को बराबरीमा रोकियो । चेल्सीका लागि डिएगो कोस्टाले २ गोल गर्दै हारबाट बचाए । खेलको १८ औं मिनेटमा कोस्टाले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए। पहिलो हाफमा चेल्सीले १–० को अग्रता लियो। दोस्रो हाफको ५९ औं मिनेटमा पेनाल्टीमार्फत स्वान्...

युएस ओपन टेनिसको उपाधि वावरिन्कालाई

युएस ओपन टेनिसको उपाधि वावरिन्कालाई
एजेन्सी,भदौ २७ । विश्व नम्बर एक सर्बियाका नोभाक जोकोविचलाई हराँउदै युएस ओपन टेनिसको उपाधि स्वीट्जरल्याण्डका स्टानिसलास वावरिन्काले जितेका छन् । सोमबार बिहान भएको फाइनलमा जोकोविचलाई हराएर तेस्रो बरियताका वावरिन्काले उपाधि जितेका हुन् । वावरिन्काले जोकोविचलाई ६–७, ६–४, ७–५ र ६–३ को सेटमा हराएर पहिलो पटक युएस ओपन टेनिसको उपाधि उचालेका हुन् । वावरिन्काले योसँगै तीनवटा ग्राण्डसलाम उपाधि जितेका छन् । उन...

अन्तरविद्यालय पौडी प्रतियोगिता: लिङकन च्याम्पियन

अन्तरविद्यालय पौडी प्रतियोगिता: लिङकन च्याम्पियन
काठमाडौं,भदौ २६ । लिङकन स्कुलले १६ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लिङकनले २ सय २० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । हातीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को पौडी पोखरीमा भएको प्रतियोगितामा एलए दोश्रो भयो । एलएले ५३ अंक बटुल्यो । तेश्रो स्थनमा चित्त बुझाएको द ब्रिटिस स्कुलले ४१ अंक बनायो । प्रतियोगिताको ब्वाइजमा डिएभीका अनुभव सुब्बा तथा गल्र्स...

सत्रौं एसियाली जुनियर जुडो:फुपुलाई कांस्य

सत्रौं एसियाली जुनियर जुडो:फुपुलाई कांस्य
काठमाडौं,भदौ २६ । दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले आइतबार कांस्य पदक जितेकी छन् । भारतको केरलास्थित कोचीमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुप...

युएस ओपन महिलातर्फको उपाधि एन्जेलिक केर्बरलाई

युएस ओपन महिलातर्फको उपाधि एन्जेलिक केर्बरलाई
एजेन्सी,भदौ २६ । जर्मनीकी एन्जेलिक केर्बरले महिला एकल तर्फ युएस ओपन टेनिसको उपाधि जितेकी छन् । आइतबार बिहान भएको प्रतियोगिता अन्तर्गत फाइनल खेलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई हराउँदै केर्बरले उपाधि जितेकी हुन् । अमेरिकी सेरेना विलियम्सलाई पछि पार्दै विश्व नम्बर एक बनेकी केर्बरले प्लिसकोभालाई ६–३, ४–६ र ६–४ को सेटमा हराएर उपाधि जितिन् । प्लिसकोभाले सेमिफाइनलमा अमेरिकी सेरेनालाई हराएकी थि...

मेस्सी र स्वारेजले पनि जोगिएन बार्सिलोना

मेस्सी र स्वारेजले पनि जोगिएन बार्सिलोना
काठमाडौं,भदौ २६ । स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना पराजित भएको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना अलाभेससँग घरेलु मैदानमा २–१ पराजित भएको हो । अघिल्लो सिजन लगातार ७ औं खेलसम्म अपराजित रहेको बार्सिलोना यसपटक तेस्रो खेलमै पराजित बनेको छ । खेलको सूरुवातमा स्टार स्ट्राइकर लियोनल मेसी र लुइस सुवारेज बेन्च बसेका थिए । पहिलो हाफमा १÷१ को बराबरी भएपछि मैदान छिरेका दुबै स्टारहर...

६ मिनेटमै रोनाल्डोले गोल गरेपछि म्याड्रिडको उत्कृष्ट जित

६ मिनेटमै रोनाल्डोले गोल गरेपछि म्याड्रिडको उत्कृष्ट जित
एजेन्सी,भदौ २५ । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलमा फर्किएको ६ मिनेटमै गोलगरेपछि रियल म्याड्रिडले उत्कृष्ट जित निकालेको छ । यो सिजनको स्पेनिस लिगमा फर्किएका छन्। चोटका कारण आराम गरिरहेका रोनाल्डो शनिबार ओसासुनाविरूद्ध खेल सुर भएको ६ मिनेटमा नै गोलगरेपछि म्याड्रिडले ५–२ गोलअन्तरले ओसासुनालाई पराजित गरेको हो । रोनाल्डो युरोकपको फाइनलमा लागेको चोटका कारण डेढ महिनादेखि मैदान ब...

अन्तर स्कुल गोजुकाई कराते: स्मृती र स्वस्तीकालाई स्वर्ण

अन्तर स्कुल गोजुकाई कराते: स्मृती र स्वस्तीकालाई स्वर्ण
काठमाडौं,भदौ २५ । नेशनल युनाईटेड स्कुलका स्मृती लामा र स्वस्तीका महर्जन चाँदवाग अन्तर स्कुल गोजुकाई कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । लामाले महिला २० केजी तौल समूहमा चिल्ड्रेन मोडल स्कुलकी सिम्रिका पाण्डेलाई पराजित गरेकी थिईन् । तेश्रो स्थानमा आयोजक चाँदवागकी स्विकृती पाण्डे रहिन् । यस्तै २५ केजीमा स्वस्तीकाले चिल्ड्रेनकी ग्रिष्मा धमलालाई पराजित गर्दै स्वर्ण पाईन् । ते...