भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको हेलिकप्टर दुर्घटना,चौध जनाको मृत्यु

भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको हेलिकप्टर दुर्घटना,चौध जनाको मृत्यु
मेक्सिको- मेक्सिकोमा भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको हेलिकप्टर दुर्घटना हुँदा चौध जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । हेलिकप्टरमै रहेका मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नरलाई भन्ने सामान्य चोटपटक मात्रै लागेको छ । पाइलटले नियन्त्रण गुमाउँदा हेलिकप्टर दुर्घटना भएको बताइएको छ । मेक्सिकोमा शनिवार सात दशमलव दुई म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

७१ यात्रुसहित उडेको विमान विमानस्थलबाट छुटेको केही समयमै दुर्घटनाग्रस्त

७१ यात्रुसहित उडेको विमान विमानस्थलबाट छुटेको केही समयमै दुर्घटनाग्रस्त
रसिया -  मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रु जीवित रहेनसक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ । विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग...

पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या
एजेन्सी – क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । केही महिनादेखि डिप्रेसनको शिकार बन्दै आएका क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । फिडेलीटोको नामबाट चर्चित थिए । तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणबिक भौतिक शास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकार...

अमेरिकी डीभी भिसा बन्द गर्ने डोनाल्ड ट्रम्पको घोषण

अमेरिकी डीभी भिसा बन्द गर्ने डोनाल्ड ट्रम्पको घोषण
एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभरसिटी भिसा डिभी बन्द गर्ने घोषण गरेका छन् । अमेरिकी कंग्रेसको संयुक्त सदनलाई संवोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाले बिश्वका बिभिन्न देशका नागरिकलाई उपलब्ध गराउँदै आएको डिभी चिठ्ठा बन्द गर्दै आप्रबासीप्रति कडा नीति लिने घोषणा गरेका हुन् । ट्रम्पले आप्रवासी र डीभी लोटरी भिसाबारे पनि उक्त कार्यक्रमको भाषणमा केही प्रमुख निर्णयहरु सुनाएका छन् । आप्र...

शरीर जाँच्ने एमआरआई मेशिनले मानिसको ज्यानै लिएपछि…

शरीर जाँच्ने एमआरआई मेशिनले मानिसको ज्यानै लिएपछि…
एजेन्सी,माघ १६ – एउटा शरीर जाँच्ने एमआरआई (MRI) मेशिनले मानिसको ज्यानै लिएको घटना सार्वजनिक भएको छ । भारतको प्रख्यात शहर मुम्बईको एक सरकारी अस्पतालमा यो घटना भएको हो । बिबिसीले जनाए अनुसार मेशिनमा शरीर जाँचका लागि राखिएका राजेश मारुको अत्याधिक अक्सिजन प्रवाहका कारण मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । घटनापछि राजेशका आफन्तहरुले उपचारमा संलग्न एक चिकित्सक,वार्ड बोइ तथा महिला क्...

सन् १९७२ पछि अन्तरिक्ष यात्री किन गएनन् चन्द्रमामा ?

सन् १९७२ पछि अन्तरिक्ष यात्री किन गएनन् चन्द्रमामा  ?
एजेन्सी - सन् १९६९ जुलाई २१ मा पहिलो पटक नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेका थिए । यसपछि पाँच अरु अमेरिकी अभियान पनि चन्द्रमामा पठाइएको थियो । सन् १९७२ मा चन्द्रमामा पुग्ने यूजीन सेरेन अन्तिम अन्तरिक्ष यात्री थिए । उनी पछि अहिले सम्म कोही पनि चन्द्रमामा गएका छैनन् । तर लगभग आधा शताब्दी पछि अमेरिकाले चन्द्रमामा मानव अभियान पठाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सँग सम्बन्ध...

ट्रम्पद्धारा जेरुसेलम इजरायलको राजधानीको रुपमा स्वीकार

ट्रम्पद्धारा जेरुसेलम इजरायलको राजधानीको रुपमा स्वीकार
एजेन्सी , मंसिर २०- एक जना वरिष्ठ अधिकारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्विकारेका छन् । तर अहिले तेल अवीवमा रहेको अमेरिकी दूतावासलाई भने जेरुसेलममा सार्ने बारे ट्रम्पले कुुनै सुरसर  विचार गरेका छैनन् । बिबिसीका अनुसार अरबका नेताहरुले भने जेरुसेलममा अमेरिकी दूतावास सार्नु भनेको मुस्लिमहरुलाई उत्तेजित बनाउनु भएको चेतावनी दिएका छन् । जेरुसेलम...

उत्तर कोरिया संग युद्ध भए विनास गर्ने अमेरिकाको चेतावनी

उत्तर कोरिया संग युद्ध भए विनास गर्ने अमेरिकाको चेतावनी
एजेन्सी, मंसिर-१४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियासंग युद्ध भए त्यसलाई बर्बाद गर्ने बताएका छन् । उ कोरीया प्रति ट्रम्पको वितृष्णा यति बढेको छ कि उनले विश्वका सबै देशहरुलाई उ कोरिया संगको राजनीतिक तथा आर्थिक सम्बन्ध समेत तोड्न आग्रह गरेका छन् । उत्तर कोरियाको मिसाइल परिक्षणलाई लिएर अमेरिकाले त्यसमाथि प्रतिबन्ध लगाउने फैसला गरेको हो । यसै बिचमा राष्ट्रपति ट्रम्पले उ कोरियाको...

आतंककारी हमलाका कारण सम्पूर्ण उडान रद्ध

आतंककारी हमलाका कारण  सम्पूर्ण उडान रद्ध
एजेन्सी, असोज १७-भारतको श्रीनगर एयरपोर्ट नजिक रहेको बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) क्याम्पमा मंगलबार विहान आतंककारी हमला भएको छ । सो आतंककारी हमलामा बीएसएफका तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । विहान साढे चार बजे आतंककारी हमला भएपछि बीएसएफका सुरक्षाकर्मीले प्रत्याक्रमण गरेका थिए । त्यस क्रममा तीन जना आतंककारी आक्रमणको लागि आएको मध्ये एक जना आतंककारी सुरक्षाकर्मीको कारवाहीमा मारिएका छ...

आणवीक रुपमा सुसज्जित उत्तर कोरियाको ट्राफिक व्यवस्थापनमा सुन्दर युवती

आणवीक रुपमा सुसज्जित उत्तर कोरियाको  ट्राफिक व्यवस्थापनमा सुन्दर युवती
एजेन्सी-अमेरिकालाई युद्धको चेतावनी दिदैं आएको कम्युनिष्ट शासनव्यवस्था भएको देश उत्तर कोरियामा ट्राफिक प्रहरी भने सुन्दर युवतीहरु हुन्छन् । सुन्दा अनौठो लाग्ये पनि यो कुरा सत्य हो कि सुन्दर युवतीहरु ट्राफिक प्रहिरका लागि आवेदन दिएका हुन्छन् । यहाँका सुन्दर युवतीहरु आफैं ट्राफिक प्रहरी बन्न चाहन्छन् । राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि आम कुरा...