विश्व कै मोटी महिलाको निधन

विश्व कै मोटी महिलाको निधन
एजेन्सी, असोज १०- विश्व कै मोटी महिला इमान अहमदको ३७ वर्षको उमेरमा निधन भएको छ । ५ सय किलो तौलबाट विश्व किर्तीमान कायम गरेकी इमानको दुबईस्थित अबुधावीमा निधन भएको हो । केही समय पहिला उनी आफ्नो तौल घटाउनको लागि भारत आएकी थिइन् ।चिकित्सकले उनलाई 'एलिफेन्टाइसिस रोग' लागेको पत्ता लगाएका थिए । यो रोग भएका मान्छेहरु सुन्निने गर्छन्। मिश्र की ३७ वर्षीया इमान उपचारका लागि भारतको मुम्बईस्थित सै...

अमेरिकाले युद्धको सुरुवात ग¥योः उत्तर कोरिया

अमेरिकाले युद्धको सुरुवात ग¥योः उत्तर कोरिया
काठमाडौं, असोज १० – उत्तर कोरियाले अमेरिकामाथि युद्धको सुरुवात गरेको आरोप लगाएको छ । उत्तर कोरियाली आकाशमा अमेरिकी बम वर्षक विमान उडाएर अमेरिकाले युद्ध चाहेको उत्तर कोरियाले बताएको छ । अमेरिकाले उत्तर कोरियामाथिबाट आफ्ना बम बर्सक लडाकु विमान उडाएपछि उत्तरको यस्तो प्रतिक्रिया आएको हो  । बम बर्सक विमान आफ्नो देशमाथिबाट उडाएर अमेरिकाले युद्धको सुरुवात गरेको उत्तर कोरियाका विदेशमन्त्री रि योङ–ह...

आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमणमा रोक

आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमणमा रोक
एजेन्सी, असोज ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ । यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन् । यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो । यस नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो । ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ । ...

धम्की दिएको भोलिपल्टै उत्तर कोरियाले हान्यो जापानमाथि मिसाइल

धम्की दिएको भोलिपल्टै उत्तर कोरियाले हान्यो जापानमाथि  मिसाइल
काठमाडौं, भदौ ३०— उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ । दक्षिण कोरिया र जापान सरकारले यसको पुष्टि गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार यो मिसाइल करिव ७७० किलोमिटरको उचाईसम्म पुग्यो र यसले करिव ३७०० किलोमिटरको यात्रा पुरा गर्‍यो । जापानको एनएचके टीभीलाई उदृत गर्दै रोयटर्सले भनेको छ कि यो मिसाइल स्थानीय समय अनुसार ६ः५७ बजे छाडिएको थियो र ७:०६ बजे...

उत्तर कोरियाद्धारा जापानलाई ‘समुद्रमा डुबाईदिने’, अमेरिकालाई ‘खरानी’ बनाईदिने धम्की

उत्तर कोरियाद्धारा जापानलाई ‘समुद्रमा डुबाईदिने’, अमेरिकालाई ‘खरानी’ बनाईदिने धम्की
एजेन्सी, भदौ ३०—राष्ट्र संघद्वारा मंगलबार पारित नयाँ नाकाबन्दीमा प्रमुख भूमिका खेलेको भन्दै उत्तर कोरियाले अमेरिका र जापानलाई कडा चेतावनी दिएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उसले जापानलाई समुद्रमा ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी र अन्धकारमय’ बनाईदिने धम्की दिएको हो । उत्तरद्वारा जारी विज्ञप्तिका अनुसार उत्तरले आफ्ना शक्तिशाली परमाणु हतियार प्रयोग गरी जापान र अमेरिकाको अस्तित...

धार्मिक स्कूलमा आगलागी हुँदा २ शिक्षकसहित २५ को मृत्यु

धार्मिक स्कूलमा आगलागी हुँदा २ शिक्षकसहित २५ को मृत्यु
एजेन्सी, भदौ २९— मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक धार्मिक स्कूलमा भएको आगजनिका कारण २३ विद्यार्थी र २ शिक्षक गरी २५ जनाको मृत्यु भएको छ । मृत्यु भएका विद्यार्थी कति उमेरका हुन् भन्ने बारेमा केही स्पष्ट नभएको बीबीसीले जनाएको छ । २३ बच्चा र २ वार्डेनको मृत्यु भएको समाचारमा जनाइएको छ । मलेसियामा पछिल्लो २० वर्षमा भएको आगजनीमध्ये यो सबैभन्दा ठूलो हो ।

ट्रक र कार एक–आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

ट्रक र कार एक–आपसमा ठोक्किँदा ९ जनाको मृत्यु
एजेन्सी, भदौ २९—भारतको दक्षिणपश्चिमी कर्नाटक राज्यमा कार र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।कर्नाटकको राजधानीदेखि ४५२ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने उत्तराखण्डमा बुधबार दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । यसै महिना सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार भारतमा सडक दुर्घटनामा परी गत वर्ष औसतमा दैनिक ४०० जनाको मृत्यु भएको छ ।भारतमा सडक दुर्घटना अ...

किम जोङको हत्या गर्न दक्षिण कोरियाद्धारा ‘शिर छेदन’ टोली तयार

किम जोङको हत्या गर्न दक्षिण कोरियाद्धारा ‘शिर छेदन’ टोली तयार
काठमाडौं, भदौ २८—दक्षिण कोरियाले उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको हत्या गर्न विशेष टोली तयार गरिरहेको छ। ‘स्पारटान ३०००’ नाम दिइएको यो टोलीलाई किमको टाउको छिनाएर हत्या गर्ने तालिम दिइनेछ। न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार उक्त टोलीको उद्देश्य उत्तर कोरिया पुगेर किम जोङको हत्या गर्नु हो। यसका निम्ति रातको समयमा उत्तरसम्म पुग्न हेलिकप्टर र अन्य विमानमा काम भइरहेको दक्षिण कोरियाली रक्षामन्...

आतंककारी हमलामा १८ सुरक्षाकर्मी मारिए

आतंककारी हमलामा १८ सुरक्षाकर्मी मारिए
एजेन्सी, भदौ २७— इजिप्टको उत्तरी भागमा पर्ने सिनाईको दङ्गाग्रस्त शहर अल आरिशमा कथित इस्लामिक स्टेट (आईएस) को आतंककारी दस्ताले गरेको आक्रमणमा परी १८ जना सुरक्षाकर्मी मारिएका छन् । बीबीसीका अनुसार उक्त आक्रमण सोमबार भएको थियो । आईएस आतंककारीहरूले सुरक्षाकर्मीको टोलीमाथि घात लगाएर आक्रमण गरेका थिए । हमलामा अन्य आठ जना घाइते बनेको समाचारमा उल्लेख छ । सुरक्षासँग सम्बद्ध एक सूत्रले बताएअनुसार सुरक्ष...

पेट्रोल र डिजेल कारमाथि प्रतिबन्ध लगाउने तयारी

पेट्रोल र डिजेल कारमाथि प्रतिबन्ध लगाउने तयारी
एजेन्सी, भदौ २७—विश्वको सबैभन्दा ठूलो कार बजार रहेको चीनले डिजेल र पेट्रोलबाट चल्ने कार आफ्नो देशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । उसले आफ्नो देशबाट त्यस्ता कारको उत्पादन र बिक्री वितरणमा समेत प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । देशका उप उद्योगमन्त्रीका अनुसार उनीहरुले यस कार्यका लागि अनुसन्धान गरिसकेका छन् । तर प्रतिबन्ध कहिलेदेखि लागू गर्ने भन्ने चाहिँ तय भइसकेको छैन । चीनले पछिल्लो व...