काठमाडौं, वैशाख २६ – त्रिभुवन विश्वविद्यालयले परीक्षाफल सार्वजनिक गरेको छ । आज त्रिविले चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल सार्वजनिक गरेको हो ।

शिक्षा शास्त्र संकाय तर्फको परीक्षाफल सार्वजनिक गरिएको त्रिविले जनाएको छ । परीक्षामा ४५,५३५ परीक्षार्थीले भाग लिएका थिए । परीक्षामा ८,१७२ जना सफल भएको जनाइएको छ ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला  ।

परीक्षाफल हेर्नको लागि यहाँ थिच्नुहोस्

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo