काठमाडौं, जेठ २ – कञ्चनजंगा हिमाल आरोहण गर्न गएका दुई भारतीय नागरिकको ज्यान गएको छ भने एकजना सम्पर्कविहीन भएका छन् ।

पर्यटन मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा भारत पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य रहेका छन् । उनीहरुको आरोहणको व्यवस्थापनको जिम्मा पीक प्रमोशन कम्पनीले लिएको थियो ।

उनीहरु बुधवार १० नेपालीसहित ३६ जनाको टोली कञ्चनजंगा हिमाल पुगेका थिए । शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको थियो । करारको आरोहणकै क्रममा मृत्यु भएको हो। शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । ।

त्यसै गरी शिखरमा पुगेका अर्का पर्वतारोही भने सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको पीक प्रमोशन कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo