काठमाडौं, जेठ ७ – कामिरिता शेर्पा २४ औं पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । मंगलबार बिहान उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनको यो २४ औं सफल आरोहण हो ।

शेर्पाले २४औँ पटक सगरमाथा आरोहण गरेर केही दिनअघि राखेको आफ्नै किर्तिमान भंग गरेका हुन । उनी मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा विश्वको सर्वोच्च शिखरको चुचुरोमा पुगेको पर्यटन विभागका अधिकारीहरूले पुष्टि गरेका हुन् ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधारगरेका हुन । सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोहीको सूचीमा दोस्रो स्थानमा रहेका आरोहीहरूभन्दा उनले तीन आरोहण बढी गरेका छन् । उहाको लक्ष्य अझै एक पटक सगरमाथा चढ्ने रहेको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo