काठमाडौं, जेठ २७ – नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (सोमबार) ३ सय रुपैयाँ घटेर ६२ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर ६२ हजारमा कारोबार भएको छ । आइतबार तेजावी सुन तोलाको ६२ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आइतबार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo