बझाङ – बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतका अनुसार गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा अलि फरक रहेको छ । उनले भने यसरी पटक पटक स – सना पराकम्पन जानु भनेको महाभुकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्छ ।

यसै बर्षको सुरुवातदेखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल मै भुकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो । भुकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए। छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्काको महसुस गरिएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo