काठमाडौं,जेठ ३१ – जेठ महिनाभित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले शुक्रबार क्षत्रीलाई तारेखमा रिहा गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo