काठमाडौं,असार २७ –देशका विभिन्न भागमा वर्षा निरन्तर रुपमा भइरहेका कारण बाढी र पहिरोको खतरा देखिएको छ । जल तथा मौसम विज्ञान विभागले विभिन्न नदीमा बाढी पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ । जारी वर्षाका कारण ललितपुरको वागमती गाँउपालिका वडा नं २ माल्टास्थित बगुवामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ।

घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको स्थानीय प्रकाश लामाले जानकारी दिए। बालकको मृत्युबारे सूचना प्राप्त भएको र प्रहरी घटनास्थलतर्फ लागिसकेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दूर्गा सिंहले बताइन्।
त्यस्तै ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेल स्थित खहरे खोलाले बाटो बगाउँदा मकवानपुर–ठिंगन– चापागाउँ (कान्ति लोकपथ)सडक खण्ड अवरुद्ध भएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग पुल्चोकमा रुख ढल्दा भवनमा क्षति पुगेको छ । ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडा देवीस्थान स्थित बा ४ ख ८६४ नम्बरको गाडी गुडिरहेको अवस्थामा माथिबाट ढुंगा खसी सोही गाडीको पछाडि सवार दिपक घलेको टाउकोमा चोट लागि घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo