मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहीबारसम्मको समय मध्ययम रहेकोले बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँने हुँनाले सम्यम भई अगाडि बढ्नुहोला । शुक्रबारबाट समय राम्रो रहेकोले बिशिष्ट व्याक्तिहरुको आम्दानिका स्रोत पहिल्याउँन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लाग्ने हुँदा अध्ययनमा मन जानेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा मन प्रफुल्लित हुँनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मंगलबारसम्मको समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । बुधबारबाट समय राम्रो रहेकोले रोकिएका तथा थाति रहेका कामहरु बन्नुका साथै आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । नोकरिमा बढुवा हुँने तथा कामको खोजि रहेकाहरुले नयाँ काम पाउँने अधिक सम्भावना रहेकोछ । अध्ययनमा मन जाने हुँनाले खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँ पनको बिकास गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेको छ भने माया प्रेममा आत्मियताको बृद्धि हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले आफन्त तथा सहयोगिहरु टाडिने हुँदा एक्लोपनको महशुष हुँनेछ भने सहयोग गर्नेहरु कमै भेटिनेछन् । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा दैनिकि कष्टकर हुँनेछ । खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावि हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बुधबारबाट शुक्रबार बिहानसम्मको समय राम्रो रहेकोले वीलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । व्यापारमा मनग्गे आम्दानि हुनेछ भने आम्दानिका नया स्रोतहरु फेला पार्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । जीवनसाथि सँग लामो दुरिको रमाईलो यात्राको तय हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिने हुँदा आर्थिक क्षेत्र सवल हुँनेछ भन् व्यापार बिस्तारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुँने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउँने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मान प्रशन्न हुँनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । सोमबारबाट बिहीबारसम्मको समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुँनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मंगलबारसम्मको समय राम्रो रहेकोले उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बन्द व्यापारमा सुधारका संकेतहरु देखा पर्नेछन् भने नया प्रकृतिको योजना फुर्नेछ । आर्थिक अवस्था राम्रै रहने हुनाले कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ । ईष्ट मित्र तथा आफ्ना भन्नेहरुले सहयोग गर्नेछन् भने कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्सित गर्न सकिनेछ । नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । साताको सुरुमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । सोमबारबाट बिहीबारसम्मको समय मध्ययम रहेकोले अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछभने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुँनाले काम गर्न थप सहज हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुँनाले गुरुवर्गहरु खुसि हुँनेछन् । सरकारि धन तथा पैतृक धन सम्पति हात लाग्ने योग रहेकोछ ।
बुधबारबाट शुक्रबार मध्यान्ह सम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आईपर्ने हुँदा खर्च बड्ने तथा मन चिन्तित हुनेछ । घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ । बुधबारबाट शुक्रबार मध्यान्हसम्मको समय राम्रो रहेकोले रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकनिेछ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo