एजेन्सी – १५३ यात्रु लिएर मुम्बइबाट दिल्ली गइरहेको विमानको आकाशमै इन्धन सकिएपनि ठूलो दुर्घटना बाट बचेको छ । विस्तारा एयरलाइन्सको विमान मुम्बइबाट दिल्लीको लागि उडेको थियो तर दिल्लीमा मौसम खराब भएर अवतरण गर्न नमिल्ने भएपछि विमानलाई लखनउ डाइभर्ट गरिएको थियो ।

विमानले लखनउमा अवतरण गर्दा विमानमा १० मिनेटलाई मात्रै पुग्ने इन्धन बाँकी थियो । डाइभर्ट गरिएको विमानमा इन्धन सकिनै लागेपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई आफ्नो स्थितिको जानकारी दिएपछि आकस्मिक अवतरण गरिएको हो । मुम्बइबाट दिल्ली उड्ने एयरबस ए–३२० विमानमा ६० मिनेटको लागि पुग्ने अतिरिक्त इन्धन हुन्छ । यो अतिरिक्त इन्धनको प्रयोग विमानलाई कतै डाइभर्ट गर्नुपर्यो भने गरिन्छ ।

यो विमानलाई पनि खराब मौसमका कारण दिल्लीबाट लखनउ डाइभर्ट गरिएको थियो । तर लखनउमा पनि भिजिबिलिटी अचानक कम भएपछि पाइलटले कानपुर वा प्रयागराज जस्ता वैकल्पिम विमानस्थलमा अवतरण गर्ने फैसला गरे । एयरलाइन्सका अनुसार जब विमान प्रयागराज जाँदै थियो त्यही बेला लखनउ एटीसीले मौसम सफा भएको जानकार दिएपछि विमान फेरि लखनउ फर्काइयो किनकि लखनयमा विमान र यात्रुको लागि राम्रो सुविधा छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo