काठमाडौँ– चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको बिवादले यतिबेला मिडिया तातेको छ । यसैबीचमा अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी) बनेका छन् ।

राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ । भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo