काठमाडौं – नेपालको हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिकिनी अवतारमा देखिएकी छिन् । इन्डोनेशियाको बालीमा पुगेकी साम्राज्ञीले बिकिनी अवतारमा इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू बाली रहेको जानकारी दिएकी हुन् ।

अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’ र नवल नेपालको निर्देशन रहेको फिल्म मारुनी भर्खर सकाएकी साम्राज्ञी अभिनयबाट मिलेको फुर्सद बिताउन बाली पुगेकी हुन् ।

बालीको एक समुन्द्री किनारमा उनले केही तस्बिरसमेत खिचाएकी छन् । उनले समुन्द्रको पानीमा चल्दै र खेल्दै गरेको तस्विरसमेत खिचाएकी छन् ।

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo