पप्पु गुरुङ्ग, दोधारा, साउन ६- हाडजोर्नी तथा नशा रोग सम्बन्धी निशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालनमा सर्वसाधारणको घुईचो लागेको हो ।

माहाकाली नगरपालिका कार्यालयको सहयोग र फारवेष्ट क्लिनिक युनाइटेड डाइग्नोसिस्ट सेन्टर, महेन्द्रनगरको प्राबिधिक सहयोगमा माहाकाली नगरपालिका वडा नं. ४ स्थित रहेको स्वास्थ्य चौकी चाँदनीमा एक दिने हाडजोर्नी तथा नशा रोग सम्बन्धी निशुल्क स्वास्थ्य उपचार शिविर संचालन गरिएको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् ।

हाडजोर्नी तथा नशा रोग सम्बन्धी निशुल्क स्वास्थ्य उपचार शिविरमा ६ सय जना बिरामीले स्वाथ्य जाँच तथा उपचार गराएका शिविरका टोलीले जनाएको छ् । माहाकाली नगरपालिकाका दशै वडाका बिरामीहरु उपस्थिती विरामीको समेत घुईचो लागेको हो ।

हाडजोर्नी तथा नशा सम्बन्धी रोगको समस्या पाली बसेका बिपन्न समुदायका विरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुनारले बताएका छन् । विपन्न समुदायका मानिसहरु आर्थिक तथा सामाजिक समस्याका कारण रोगपाली बस्ने गरेको र त्यस्ता समुदायका व्यक्तिहरुलाई लक्षित गर्दै सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको वडा अध्यक्ष सुनारले बताएका छन् ।

आर्थिक अभावले रोगपाली बसेकाहरु माहाकाली नगरपालिकाका बिभिन्न वडामा बसोबास गर्ने बिरामीहरु शिविरमा आएको शिक्षिका खिमा चन्दले बताएका छन् । माहाकाली नगरपालिकाका स्थानिय बढी जसो कृषीमा आश्रित हुने हुदा कडा परिश्रम शरिरका मांसपेशीमा समस्या आउने हुदा नशा तथा हात जोर्नीका विरामी बढी हुने गरेको एक थरीको भनाई रहेको छ् । शिविरमा स्वाथ्य चौकीका टोली, नेपाल रेडक्रस सोसाईटीको टोली, महिला स्वयम्सेवीकाको टोली तथा स्थानियहरुले शिविरमा सहयोग गरेको स्वाथ्य चौकी चाँदनीले जनाएको छ् ।

हाडजोर्नी तथा नशा रोग सम्बन्धी निशुल्क स्वास्थ्य उपचार शिविरमा रक्त परिक्षण, निशुल्क औषधी लगाएत सेवा दिईएको बताईएको छ् । मेट्रो अस्पताल काठमाण्डौंका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर अमृत कुमारले बिरामीको जा“च गरेका थिए । माहाकाली नगरपालिकाका वडामा रहेका हाडजोर्नी तथा नशा सम्वन्धी विरामीलाई उनीहरुको घर आ“गनमा स्वास्थ्य उपचार दिन सकियोस भन्ने उदेश्यले शिविर संचालन गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ् ।

 

तपाईको प्रतिक्रिया

Shop Now with Lauaayo